
कुरानका कुराहरु : रमादान विशेष
१६ जेष्ठ २०७६, बिहीबार ०६:१८
हबिबा कुरान भन्दै आज यो आलेखलाई शुरु गर्न चाहन्छौं, ईस्लाम धर्ममा बिश्वास राख्ने अनि धार्मिक सहष्णिुताका पैरवी गर्ने सबैजनालाई यो आलेख उपहार ।
रमादान मा राम पनि छन्, दान पनि छन् । हरेक धर्ममा राम्रो, माया अनि सद्भावको सन्देश रहेका छन्, धर्म माया र मानवताको पर्याय हो । कुरानमा पनि केहि त्यस्तै तथ्यहरु पाइन्छ । उदहारणका लागि कुरानको ९४ को ५ देखि ६ यहाँ ल्याउन चाह्यौं । यस्मा पक्कैपनि दु:खका दिनहरु समापन हुनेछन्, दु:खका दिनहरु समापन हुनेमा शंका नगर्न आव्हन गरिएको पाइन्छ ।
जीवनको मर्मलाई मानवतासंग जोड्दै कुरानले दुख्खको र सुख्खको महत्व दुबैलाई देखाउन सक्षम छ । उता कुरानको २ को १५३ मा एउटा वडो गज्जबको वाक्याशं छ, कहिलेकाँही त म कुरान र श्रीमद्ध भागवत गीतामा पनि समानता पाउछु । यस वाक्याशंमा पवित्र रुपमा धैर्यता र प्रार्थना माथि विश्वास गर्न आव्हन गरिएको पाइन्छ, अल्लाह ति संग मात्र हुनुहुन्छ जस्मा धैर्यता रहन्छ । कहिलेकाँही बिश्वासी र अविश्वासीका कुरामा चाँही कुरानी विशुद्ध बिश्वासीका पक्षमा खरो उभिएको पाइन्छ तथापि गीतामा भनें परमात्मा तत्व हरेक हृदयमा रहने ब्याख्या गरिएको पाइन्छ । यद्धपि अन्तत हरेक वाक्याशं र उदहारणले मानवता र प्रेमको पैरवी दुबै धर्म ग्रन्थले गरेको छ ।
भागवत गीताको ४ को ६ मा कृष्णले आफु नाश नहुने र जन्म मृत्यु भन्दा पर र सबैको स्वामी रहेको बताउनुभएको छ । उता कुरानको पनि १११ को २ मा पनि अल्लाहको ब्याख्याको क्रममा जन्म मृत्यु भन्दा पर र सबैका स्वामी र पवित्र भनि ब्याख्या गरिएको पाइन्छ ।
बिभिन्न पथहरुमा एउटै गन्तव्यको कुरा पनि कुरान र गीता दुबैमा उल्लेख गरिएको छ । गीताको ४ को ११ मा कृष्णले मानवका अनेकन बाटाहरु हुन्छन् तर अन्तमा सबैजना म भएकै ठाँउमा आउनेछन् भनेंर भनेंको पाइन्छ । यसै भनाईमा आसन्न कुरानमा पनि २९ को ६९ मा जस्ले हाम्रो खोज र चाह गर्दछ हामी उस्लाई सहि पथमा लिएर जानेछौं भनी उल्लेख गरेको स्पष्ट छ । पथ र सत्यमार्गको कुरा दुबै ग्रन्थले उक्काएको छ ।
भागवत गीताको २ को ४७ मा कर्म गर फलको आश नगर भनी भनिएको छ । उता कुरानको पनि ७४ को ६ मा फल र फाइदाको पछि नलाग भनी भनिएको छ । कर्मयोगीहरुको प्रतिष्ठाका रुपमा दुबै ग्रन्थले हजारौं लाखौं वर्षदेखि सत्यमार्गको अविछिन्न प्रमाण दिएको छ ।
कुरान र गीतामा फरक पनि प्रशस्त छ तथापि सत्य अनि परमात्मातत्वको विषयमा दुबै ग्रन्थ एकै साथ चलेको छ । रमादानको पवित्र महिनामा सबैलाई प्रेमको सन्देश दिन चाह्यौं ।
सुयोग ढकाल
लाईभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा