Lifestyle Portal
  •   ३१ बैशाख २०७८, शुक्रबार

क्रिकेटको महाकुम्भको Ball by Ball अपडेट अब हाम्रो पात्रोमा

१६ जेष्ठ २०७६, बिहीबार १९:१५

नयाँ नयाँ सुविधा तथा युवा देखि हजुरबुवा, हजुरआमाहरुका लागि दैनिक जीवनमा उपयोगी विभिन्न विशेषता बोकेको हाम्रो पात्रोले निर्वाचन तथा विश्वकप फुटबलको LIVE अपडेट पछि क्रिकेटको महाकुम्भ “विश्वकप क्रिकेट २०१९” को Ball by Ball अपडेट तथा Predict & Win सहितको नयाँ अपडेट सार्वजनिक गरेको छ, प्ले स्टोरमा गएर नयाँ अपडेट प्राप्त गर्न सक्नुहुनेछ । विश्वकप फुटबल सन् २०१४ तथा २०१८ पछि क्रिकेटको कुनैपनि संस्करणमा यो हाम्रो पहिलो प्रयास हो । यसअघिको विश्वकप फुटबलमा हामीले दिएको तिब्र अपडेटलाई यहाँहरुले निक्कै रुचाए पछि “हाम्रो पात्रो”को टिम विश्वकप क्रिकेटको लागि हौशिएको हो ।

४ वर्षको अन्तराल पश्चात् विश्वकप क्रिकेट प्रतियोगिता शुरु भएसँगै, भरपुर मनोरञ्जनले भरिएको यस खेलको हरेक उतार चढावको अपडेट अब यहाँहरुले तपाईंले अत्याधिक माया गरेको मोबाइल एप हाम्रो पात्रोमा पाउन सक्नुहुनेछ । यसका लागि तपाईंको Android फोन अटो अपडेटमा छ भने अवश्य अपडेट भईसकेको होला यदी छैन भने Play Store बाट डाउनलोड गर्न सक्नुहुनेछ.

हाम्रो पात्रोमा “IME Pay Hamro Cricket” खोल्ना साथ क्रिकेट Subscribe तथा Login गरेर Ball by Ball अपडेट तथा दैनिक हुने हरेक खेलहरुबारे जानकारीका लागि हाम्रो पात्रोको यो नयाँ विशेषतासहितको “IME Pay Hamro Cricket” हेर्नसक्नुहुन्छ भने ति हरेक खेल शुरु हुनु अघिसम्म सजिलै “Predict & Win” प्रतियोगितामा सहभागी भएर उक्त खेल जित्ने टोलीको सही अनुमान गरी IME Pay App मा Top-Up पुरस्कार प्राप्त गर्नसक्नुहुनेछ ।

हरेक बलको अपडेट हेर्न सकिने सुविधा सँगसँगै “प्रेडिक एण्ड विन” अर्थात हरेक खेलमा विजेता सही अनुमान गरेर दैनिक ३५ जना भाग्यशाली बिजेताले बिभिन्न आकर्षक पुरस्कार प्राप्त गर्न सक्नुहुनेछ । जस अन्तर्गत दैनिक पहिलो पुरस्कार स्वरुप एक जनालाई “IME Pay” एप्लिकेसनमा रु १०००, दोश्रो विजेतालाई रु ५०० र तेश्रो हुने ३० जना विजेताहरुलाई रु १०० रुपैया टप अप पुरस्कार प्रदान गरिनेछ भने विश्वकप क्रिकेटको फाईनल खेलमा विजयी हुने देशको सही अनुमान गर्नेहरुमध्ये एकजनाले रु १ लाख (कर सहित) नगद प्राप्त गर्नेछन् ।

पुरस्कारका लागि प्रतियोगीहरुले आफ्नो iOS तथा Android फोनमा IME Pay डाउनलोड हुनुपर्नेछ अर्थात् पुरस्कारका लागि तपाईं IME Pay एप्लिकेशनको प्रयोगकर्ता हुनुपर्नेछ । भाग्यशाली बिजयीहरुको नाम तस्बिरसहित हाम्रो पात्रोमा सार्वजनिक गरिनेछ भने पुरस्कार रकम IME Pay को प्रयोगकर्ता आईडि हामीलाई उपलब्ध गराएपश्चात् ७ दिनभित्र तपाईंको एप्लिकेशनमा IME Pay ले उपलब्ध गराउने छ कुरा हाम्रो पात्रोका CEO शंकर राज उप्रेतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

दैलेख। गत वर्ष कोरोना सङ्क्रमणको दर तीव्र भएका बेला दैलेखमा आइसीयू र भेन्टिलेटर जडान भयो। तीनवटा आइसीयू र दुईवटा भेन्टिलेटरका

अत्यन्तै मर्माहत छु साथिहरू! साँझ ५:४९ बजे आज तेस्रो दिनमा कोठामा आएको मात्र के थिएँ फेरी हस्पिटलबाट फोन आयो ‘सर,

काठमाडौं। निजी अस्पतालहरुले सरकारले दिएको निर्देशन अनुसार १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसकिने जनाएका छन्। एसोसिएसन अफ प्राइभेट हेल्थ

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार बनाउनका लागि दावी पेश गर्न दिएको समयसीमामा कुनै पनि दलले सरकार बनाउने दावी पेश