
मोदी आउनु भारतीय मुसलमानका लागि कस्तो संकेत हो ?
१७ जेष्ठ २०७६, शुक्रबार १२:०७
चुनावमा वलियो जीतपछि मोदीले निकै प्रष्ट आवाजमा अब आँउदा दिनमा मुसलमान समुदायको पनि बिश्वास जित्न आवश्यक रहेको बताएका छन् । हुन त भारतको सबैभन्दा ठुलो अल्पसंख्यक समुदाय मुसलमानहरु माथि गत वर्षहरुमा मोदी र भाजपा सर्मथित नेता, गौरक्षा र हिन्दु अतिवादी संगठनका नाममा निकै तनाव र थिचोमिचो नभएको हैन । प्रयागराज बनाँउदै अलाहवादको नाम देखि अन्य धेरै शहरका नाम परिवर्तन अनि क्रियालपाहरु मुसलमान समुदाय विरोधी रहेको पनि आरोप भाजपाले खप्दै आएको छ ।
यस परिपेक्ष्यमा मोदी आउनु के मुसलमान अल्पसख्यंकका लागि नराम्रो संकेत हो त ?
भाजपाका ३०३ सासंदमध्य एकजना पनि मुसलमान समुदायका चाँही छैनन् । पटकपटक मोदीले मुसलमान समुदायको हक र हितका लागि भाजपा कुनै संझैता नगर्ने र सबका साथ सबका बिकास भन्दै अघि बढेको त पाइन्छ तर ब्यबहारमा भनें निकै फरक भएको आरोप मोदीलाई नभएको हैन ।
भारतका सर्वाधिक रुचाइएका मुसलमान नेता असाद्धुदिन अवासीले भनें मोदीको यस भनाई र भाषणको पक्षमा आफु नभएको बताएका छन् । उनी अल ईण्डिया मुस्लीम ईताल्लुनीन मुसलमीन संगठनका प्रमुख हुन् । भाजपाले चुनाव जिते पछि पनि ५ वटा मुसलमान समुदाय केन्द्रित हेट क्राइमका घटनाहरु रेकर्ड भएका छन् । सन् २०१४ मा मोदी शक्तिमा आउना साथ मुसलमान नेता मोहिन शेखको हिन्दु अतिवादी संगठनले हत्या गरेको आरोप पनि छ तथापि यि कुराहरु पुष्टि भनें भैसकेका छैनन् । निखिल वाग्ले लै ट्वीट गरेका छन् उनी महाराष्ट्रका पत्रकार हुन् । भाजपाको असामी चुनावी नारा नै वंगाली मुसलमानबाट असामलाई मुक्त गराउने भन्ने रहेको पनि निखिलले आरोप लगाएका छन् ।
उता कश्मिरीहरुलाई आर्टिकल ३७० को धारा ३५ को ए सेक्सनबाट मोदी सरकारले आफ्नो विशेष अधिकार हटाइदेला भन्ने पीर पनि बढ्दै गएको पाइन्छ । ५ लाख सेनाका साथ सन् १९८० देखि भारत कश्मिरमा विद्रोहीहरुसंग युद्धरत छ, यस युद्धमा लाख भन्दा बढि निहत्था नागरीकको हत्या भइसकेको छ । कश्मिरको मुद्धामा कतै भारत पनि इज्रेलको बाटो माझैं आफ्नै र कडा हिसाबले मात्रै प्रस्तुत हुने त हैन, सर्वत्र सवाल उठिरहेका छन् ।
के भारतमा मोदीको पूनरागमनबाट हिन्दु मुसलमान ध्रुविकरण शुरु भएको हो त ? धेरैको प्रश्न पनि छ । यस ध्रुविकरण भनें भारत पाकिस्तानको विभाजन देखि नै रहेको इतिहास छ । यस विभाजनमा १० लाख भन्दा धेरै मारिएका र १७ लाख बढि घरबार विहिन भएको इतिहास छ ।
अब यसपाला मोदीले कसरी हिन्दुत्व र मुसलमान अल्पसख्ंकलाई लिएर जाने हुन्, हेर्न बाँकी छ ।
सुयोग ढकाल
लाइभमाण्डु
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार
‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट
सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत
जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग