Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

नेपाल सेल्स मिशन यूरोप २०१९ सफलतापूर्वक सम्पन्न

२० जेष्ठ २०७६, सोमबार १७:५४


नेपाल सेल्स मिशन यूरोप २०१९ सफलतापूर्वक वारसामा मे २७, भियानामा मे २९ र म्यूनिखमा मे ३१मा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डद्वारा आयोजित यस सेल्स मिशनमा दुई नेपाली ट्राभल कम्पनीहरु– द एक्सप्लोर नेपाल र इन्टरटु्र्स नेपालको सहभागिता रहेको थियो ।
सेल्स मिसनको उद्धेश्य नेपाली व्यवसायीहरुले युरोपयन समकक्षी टुर अपरेटरहरुसँग सम्बन्ध विस्तार र ब्यवसाय बृद्धि गरी नेपालमा बढी भन्दा बढी पर्यटक भित्र्याउने रहेको छ ।नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक दिवाकर बिक्रम राणाले उक्त सेल्स मिशनमा गन्तब्य प्रस्तुतीकरण दिनुभएको थियो जसमा नेपालका विभिन्न पर्यटकिय आकर्षणहरु समाबेस गरिएका थिए। उक्त कार्यक्रमहरुमा विभिन्न सञ्चारमाध्यमबाट सहभगिता उल्लेखनीय थियो । सहभागीहरु नेपाल भ्रमण वर्ष २०२० लाई लिएर अभियानका बारेका जान्न उत्सुक देखिन्थे ।

जर्मनीका लागि नेपाली महामहिम राजदूत श्री रमेश प्रसाद खनालले यस किसिमको सेल्स मिशनले यूरोपका पर्यटन ब्यवसायीहरुसँग सम्बन्धमा घनिष्टता ल्याई नेपाली बजार बलियो र विस्तार गर्ने बताए । नेपाल पर्यटन बोर्डद्वारा सेल्स मिशनमा सहभागीहरु मध्येबाट हरेक शहरमा २ जना विजेतालाई नेपाल भ्रमण प्याकेज प्रायोजन गरिएको थियो।  २०१८ मा अन्तराष्ट्रिय पर्यटन आगमन २४.७७ प्रतिशतले बढेर दश लाखको संख्या हाशिल भएको थियो । हालको बृद्धिदर र अन्तराष्ट्रिय प्रबद्र्धनले पर्यटनको सकारात्मक प्रवृत्तिलाई इङ्गित गर्दछ ।

नेपाल पर्यटन बोर्ड

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग