Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

अरुणाञ्चलमा हराएको भारतीय विमान

२१ जेष्ठ २०७६, मंगलवार ११:४०


ए ३२ परिवहन एयरक्राफ्ट भारतको अरुणाञ्चल प्रदेशमा हराएको छ । सोमवार भारतीय वायू सेनाको यो जहाज १३ जना सदस्यसहित हराएको जानकारी छ । जोरहाट आसामबाट मेनुका हवाईअड्डा अरुणाञ्चलका लागि उडेको यस जहाज अहिलेसम्म बेखबर छ । ८जना चालक दलका सदस्य र ५ जना अन्य सहित विमानमा १३ जना रहेको र विमान हराएपछि तिब्र खोजिका लागि भारतीय हवाईसेनाले निकै प्रयास गरिरहेको बताइन्छ । हवाईसेनाले सी १३० जे, एएन ३२ र एमआई १७ हेलिकोप्टरहरु खोजि कार्यका लागि पठाएको छ ।
अनुमान गरिएको संभावित दुर्घटनास्थलमा भनें जहाजको कुनै भग्नावशेष फेला पार्न सकेको छैन । दिन र रात दुबै समयमा भारतीय सेना, नागरीक उड्ययन र हवाई सेना खोजि कार्यमा लागिरहेका बताइन्छ । रक्षामन्त्री राजनाथ सिंहले पनि यस विषयमा सबै यात्रुहरुको कुशलता र शिघ्र उद्धार गर्न पाइयोस भनी वक्तव्य दिइसकेका छन् ।

भारतीय हवाई सेनाले कूल १०५ वटा ए ३२ विमान प्रयोग गर्दछ र यस विमानको संरचनालाई अपग्रेड गर्न समेत कदमहरु चालिएको छ । सन् २००९ मा नै यूक्रेनसंग यी विमानहरुको अपग्रेडका लागि ४०० मिलियन अमेरिकी डलरको भारत सरकारले संझौता गरिसकेको पाइन्छ । ४० वटा विमानको अपग्रेड गरेर यूक्रेनले पठाइसकेको छ । जुन २००५ मा पनि टाटो भन्ने गाँउमा यस मोडलको जहाज दुर्घटना हुँदा ८ जना सैन्य चलाक र ५ जना सर्वसाधरणको मृत्यु भएको थियो । उता जुलाई २०१६ मा पनि चेन्नई बाट पोर्ट ब्लायर का लागि उडेको यस मोडलको जहाज २३ जना यात्रुका साथ उडेपछि अहिलेसम्म कुनै पनि प्रमाण या दुर्घटनाका भग्नावशेष नपाइएको तथ्य छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग