सलमान खानको चलचित्र र ईदको सम्बन्ध


वलिवुडका सुपरस्टार सलमान खानले आफ्ना धेरैजसो चलचित्र मुख्यतया ईदकै अवसरमा रिलिज गर्ने गरेको पाइन्छ । वलिवुड र अहिले कलिवुडमा नै पनि ठूला बजेटका चलचीत्रहरु रणनितिक रुपमा बिशेष चाड या अवसरका दिनमा रिलिज गर्ने चलन बढ्न थालेको छ । सार्वजनिक विधा या कुनै चाडमा मान्छेहरुको चलचित्र मुड बिशेष हुने र हलसम्म जानसक्ने संभावना बढि भएकाले यसो गरिने पाइन्छ, अन्तत मुनाफा बढि हुने कारणले यस्तो गरिने स्पष्ट हुन्छ ।

यसरी चलचित्र बिशेष दिनमा रिलिज गर्ने चलनका पछाडि सुपरस्टार सलमान खान निकै लागेको पाइन्छ । अझ ईदको अवसरमा सलमानको चलचित्र रिलिज गर्ने र भारतभरका मल्टीप्लेक्स र सिगंल स्क्रीनहरुमा लगाउने चलन उन्को बिशेष खासियत भएको मानिन्छ, भारतीय दर्शकलाई ईदमा सलमानको चलचित्रको रौनक पनि बिशेष भएको मानिन्छ ।

उता अमिर खान क्रिसमस आसपासमा र शाहरुख खान दिवाली छेउछाउमा चलचित्र रिलिज गर्न खप्पीस मानिन्छन् । अक्षय कुमार चाँही स्वतन्त्रता दिवस र गणतन्त्र दिवस जस्ता अवसर पारेर चलचित्र रिलिज गर्दछन् । आआफ्ना बिशेष अवसरमा सुपरस्टारहरुले चलचित्र रिलिज गर्ने मिती तय गरेका छन्, त्यस्तैमा सलमान खान भनें ईदमा चलचित्र रिलिज गर्न प्रतिक्षामा रहने स्पष्ट छ ।

यस्ता बिशेष अवसरमा सपरिवार चलचित्र हेर्न जाने र रमाइलो गर्ने चलन हुन्छ, यसो हुदा टिकटको बिक्रि सैयौं गुणाले बढि हुने देखिन्छ ।

सलमानका चलचीत्रहरु जस्तै वान्टेड ईदको समयमा रिलिज भएको थियो जस्ले बक्स अफिसमा धुम मचायो, वान्टेड १०० करोड सूचीमा पर्न गएको सुपरहिट चलचित्र हो ।

त्यस्तै सन् २०१० को दबगंले पनि ईदको दिनमा रिलिज भएर २१३ करोडको बक्स अफिस कलेक्शन गर्यो । उता सन् २०११ को वडिगार्डले ईदकै दिन रिलिज भएर २६० करोडको ब्यापार गर्यो । सन् २०१२ को एक था टाइगरले ३२० करोड बटुल्यो जुन ईदकै दिन रिलिज भएको हो । उता सन् २०१४ को किक ले ४२० करोडको ब्यापार गर्यो र त्यो पनि ईदमै रिलिज भएको हो ।

सन् २०१५ को ईदकै दिन रिलिज भएको सुल्तानले ९७० करोड ब्यापार गर्यो । त्यस्तै सन् २०१७ को ट्यूबलाइटले लगभग २१२ करोड ब्यापार गर्यो र त्यो पनि ईदमै रिलिज भएको चलचित्र हो । सन् २०१९ को रेस पनि ईदकै दिन रिलिज भयो र ३०३ करोड को ब्यापार गर्यो । पछिल्ला समय ईदमा आएका सलमानका चलचीत्रहरुले सोचे जस्तो ब्यापार भनें नगरेको पक्का छ । हेरौं यसवर्षको सलमानको चलचित्र भारतलाई, यो पनि ईदकै दिन रिलिज हुँदै छ ।

लाइभमाण्डु


Loading comments...