Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

लुकिछिपी किन मायामा

२४ जेष्ठ २०७६, शुक्रबार ०८:५५


एउटा पुस्तासंग एकतमासको याद हुन्छ । आफू हुर्किदा ताकाको समाजको याद , परिवेशको याद अनि बाँकी जीवन त्यही यादको संझना र तिर्सनामा बित्ने त हो ।

अब यादलाई माया र श्रृगांररससंग जोडौं, ससाना कुराहरु अनि बिम्बहरु जोडेर हामी जीवनभरि याद गर्दछौं । रेडियो सुनेर हुर्केको पुस्ताले टिभी हेरेर रिमोट निमोठेर हुर्केको पुस्ताको बाल्यकाल फरक ठान्दछ, फुटबल खेलेर मैदानमा दौडादौड गरेको पुस्ताले फुट्सलमा घन्टा घन्टाको पैसो तिरेर भकुण्डो हानेका पुस्तालाई दयानीय देख्दछ अनि चुराका टुक्रा, पोतेका लस्कर र ईशाराको अभिव्यक्ति बुझ्दै प्रेम गरेको पुस्ताले अहिलेका च्याट, मोबाइल र ईमोजीहरुको लभलाई फरक देख्दछन् ।

तर फेरि जे होस्, माया त माया हो, हैन त?

 

ब्याख्या गरेको छ, एकफेर हेर्न मन लागेमा यसको लीकयस्तै पुराना जमानाका बिम्ब अनि गाँउले परिवेशको शालिनतालाई कैद गरिएको गीती भिडियो सार्वजनिक भएको रहेछ । गीतको वोल हो लुकिछिपी माया मा । प्रविधीको तडक भडक भन्दा अलग तर प्रकृतिको निकटता र परिवेश र प्रवृतिको प्रतिबिम्ब यस भिडियो मलाई चाँही हामीले एकफेर हेर्नेपर्ने भिडियो झैं महसुस भयो है ।

पुरानो जमानाको धर्के ओढ्नेमा लुकाएर राखेको चुराका टुक्रा देखि घोडा र खच्चरका समयसम्म यस भिडियोमा समाहित गरिएको छ । रमाईलो कुरा त के भनें काठको भित्तामा प्रेमीकाले आफ्नो नाम प्रेमीसंग प्लस जोडेर लेख्दछिन्, यो बिम्बले चाँही आफ्नो यूगका कुरा संझाएर कसैकसैको त मन नै चुसुक्क छुन्छ पनि ।

सामान्यतया नेपाली गीती भिडियोमा उति धेरै मौलिकता प्रयोग गर्ने चलन छैन र निर्माताहरु जोखिम पनि उठाउन चाहँदैनन । तर यस वर्ष २०७६ को शुरुवाती दिन मा नै गलबन्धी जस्तो मौलिक गीत भिडियो र माया लुकिछिपी जस्तो लुकेको इतिहास कोट्याउने गीतका भिडियोहरु सार्वजनिक भएका छन् । यो वर्षवाट हामी दर्शकश्रोतालाई धेरै आशा छ । लुकिछिपी किन मायामा वोलको यस गीतमा गाँउका भलीवल देखि हल गोरु नार्दासम्मका दृश्यहरु दुरुस्त देखिन्छ, निर्देशक नविन चौहानका अनुसार गीतमा  अधिकांश कलाकार र परिवेशहरु रियल लाइफ क्यारेक्टरहरु हुन् । सन् १९९८ को विश्वकप संझाउने गरि रोनाल्डो भएको टिशर्ट पनि देखाइएको छ, कालाकारले बोक्ने झोला देखि ओढ्ने कम्बलसम्म सबै त्यहि परिवेशका छन् । यस भिडियोले कथा यसप्रकार छ है ।

Link: [embedyt] https://www.youtube.com/watch?v=hp5TqsNdiAQ[/embedyt]

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ। भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड्स – 6th Captivating Creation Awards’को छैठौं संस्करण आगामी जेठ २१ गते काठमाडौंको लाजिम्पाटस्थित र्‍याडिसन

काठमाडौँ। बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ ले प्रचार प्रसार सुरु गरेको छ। आगामी जेठ १२ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको

चैत, काठमाडौँ । लोक तथा दोहोरी गीत गायनमा रुचि राख्नेहरुलाई लक्षित गर्दै सुरु हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिसन

भारतीय चर्चित अभिनेता तथा निर्देशक सतीश कौशिकले ६६ वर्षको उमेरमा अन्तिम् सास लिएका छन्। समकालिन मित्र तथा कलाकार अनुपम खेरले