Lifestyle Portal
  •   २३ जेष्ठ २०८०, मंगलवार

पाकिस्तानका हिन्दु पशु चिकित्सक जो जेलमा छन्

२९ जेष्ठ २०७६, बुधबार १५:५४


एक महिनाअघिको कुरा हो, पाकिस्तानकी आइसा बेबी नाम गरेकी लोकप्रीय ईसाई , पाकिस्तानी क्रिस्चियन आइसा नउरिनले देश छाडिन् । आइसा अहिले क्यानडामा बसेर पाकिस्तानको भूमिमा भएको अल्पसंख्यक समुदायको कथा ब्यथा वयान गरिरहेकी छिन् । अहिले पाकिस्तान शाषित सिन्ध राज्यका पशु चिकित्सक रमेश कुमार माल्हीलाई सरकारले कारावासमा राखेपछि पाकिस्तानमा अल्पसंख्यक समुदायको अस्तित्व माथिका तर्कनाहरु उठ्न थालेका छन् ।

माल्हीलाई ईस्लाम धर्मलाई कम आँकेको आरोप छ । उन्ले पशुलाई दिएका ओखतीहरु कुरानका पानाहरुमा पोको पारेर दिएको आरोप छ । पवित्र कुरानको अपमान गरेको भन्दै उनीमाथि परेको मुद्धामा सरकारले ब्लासफेमीको आरोप सिद्ध गर्दै उन्लाई जेल चलान गरेको हो ।

केहि वर्ष अघि रमेशको पशु अस्पताललाई पाकिस्तानी मुसलमानको एक अराजक समुहले भत्काई दिए तर त्यस विषयमा कुनै सुनुवाई भएन् । अझ सानो प्रहरी कार्यालयको कारावासमा राख्दा अराजक समुहले माल्हीलाई मारिदिने भयले प्रहरीले माल्हीलाई कडा भन्दा कडा कारावासमा राखेको तथ्य पाइन्छ । सन् १९८७ देखि सन् २०१७ सम्म १५०० जना पाकिस्तानी क्रिस्चियनहरुलाई सरकारले धर्मअपराधको आरोपमा गिरफ्तार गरेको र ७५ जनाको आततायि समुहले बर्बरतापूर्वक हत्या गरेको तथ्य छ ।

कासिफ बजिर नामक मानवअधिकार संगठनका सदस्यले रमेश माल्हीले एकजना सम्पन्न र पहुँच भइका परिवारको बस्तुभाउ हेर्न जान ढिलाई गरेकाले उन्लाई षडयन्त्र गरेर थुनामा पारिएको हुन सक्ने जनाए ।

पाकिस्तानमा लगभग ९० लाख हिन्दु समुदायको वसोवास छ र हिन्दु समुदायहरु पाकिस्तानका सबैभन्दा ठूला अल्पसंख्यक समुदाय हुन् । पाकिस्तानमा पछिल्ला दिनमा हिन्दु या क्रिस्चियन समुदायका जो कोहीलाई पनि धर्मअपराधको आरोप लगाएर थुनामा पार्ने, घर र सम्पति नष्ट गर्ने या अन्य कसैले हडप्ने चलन बढ्दो छ ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग