मोटोको भाँडोको मोक्ष


बैष्णव रितमा सरागंनटी भन्ने शब्द छ, यसको अर्थ हुन्छ जन्म, मृत्यु लगायतबाट मुक्त भई सोझै बैकुण्ठ प्राप्त गर्नु । आज हामी कृष्णको बालकाण्डबाट बैकुण्ठ प्राप्त गरेको एउटा माटोको भाँडोको कथा लिएर आएका छौं ।

इतिहास र पुराणसम्म पनि बिभिन्न जनावर, चरा लगायत नश्वर सामानहरुले पनि बैकुण्ठ पाएको कथनहरु छ, आज माटोको भाँडो र कृष्णका बालसखा दादीपाण्डको कथा प्रस्तुत छ । कृष्णलिला कथा मात्र पनि हैन, हजारौं वर्षपछि समुन्द्रमुनी भेटिएको द्धारीका देखि बृन्दावन अनि यमुनाका तटहरुमा कृष्णको उपस्थिती आजसम्म पनि छ ।

दादीपाण्डको बोलाउने नाम मधुमगंला हो, उनी कृष्णका साथी हुन् र कृष्णको बालकाण्डमा यिनको नाम घरिघरि आउने गर्दछ । दादीपाण्ड पनि एउटा घनघोर साधक हुन्, यिनलाई कृष्णको शक्ति र अवतारको बारेमा भलिभाँती थाहा हुन्छ । कृष्णसंग खेल्न पाउने अवसरहरु दादीपाण्डले छुटाँउदैनन ।

एकदिन गोकुलमा केटाकेटीहरु लुकामारी खेलिरहेको समयमा कृष्णले दादीपाण्डलाई उन्को पछाडी रहेको माटोको भाँडोमा लुक्ने र त्यस भाँडोलाई दादीपाण्डले लुकाएर राख्न भन्दछन् । दादीपाण्ड कृष्णले भनें अनुसार कृष्ण उक्त भाँडोमा पसेपछि त्यस भाँडोमाथि आफु बस्दछन्, सानो भाँडामा साना कृष्ण बडो सकसका साथ पसेका हुन्छन् ।

अरु साथीहरु लुकामारीका क्रममा कृष्णलाई खोज्दै आँउदछन र दादीपाण्ड उक्त माटोको भाँडा माथि चुपचाप बसिरहेका हुन्छन् । त्यति सानो भाँडोका कृष्ण छिरेका होलान भनी कल्पनासम्म पनि नगरि अरु साथीहरु कृष्णको खोजिमा अन्यत्र लाग्दछन् ।

यता दादीपाण्ड बसेपछि माटोको भाँडो त झनै अँध्यारो र श्वासप्रश्वाँस गर्न समेत गाह्रो भएर कृष्णले आफु बाहिर निस्कन चाहेको भन्दछन् तर दादीपाण्डले मानेनन् । दादीपाण्ड कृष्णसंग यसै अवसरमा केहि वरदान चाहन्छन् । दादीपाण्डको २ वटा वरदान पाउने ईच्छा छ, एउटा उनी कृष्णबाट आफ्नो बोलाउने नाम मधुमगंलाबाट सम्वोधित हुन चाँहदैनन र अर्को वरदान उनी त्यस माटोको भाँडोलाई बैकुण्ठ प्राप्त होस् भन्ने चाहन्छन् ।

कृष्णले वरदान दिन्छन्, त्यसै समयमा उक्त माटाको भाँडोलाई बैकुण्ठ प्राप्त हुन्छ भनें अबउप्रान्त मधुमंगलाको नामले दादीपाण्डलाई नबोलाउने कृष्णले वाचा गर्दछन् ।

यतिकैमा अरु साथीहरु आएर कृष्णलाई लुकामारीका क्रममा देख्दछन् र लुकामारी खेलमा कृष्णको अरुलाई खोज्ने पालो आँउदछ ।


सुयोग ढकाल


Loading comments...