सबै को सामुहिक प्रयास बाट मात्र डेंगि बाट हुने जोखिम कम गर्न सकिन्छ ।।


हाल देशको पुर्वी क्षेत्र मा विशेष गरि मोरङ र सुन्सरी मा डेङ्गिले आक्रान्त बनाएको छ । धेरै जनता यस रोग बाट पिडित बनेका छन । यहि सन्दर्भ मा हामी ले पुर्वी नेपाल मा बसेर लामो समय देखि डेंगि , सर्प डसाई, प्रकोपजन्य रोगको व्यवस्थापनमा अध्ययन अनुसन्धान र स्वास्थका यस्ता बिषय बस्तुमा आवाज बुलन्द गर्दै आउनु भएका हाल असिस्टेन्ट प्रोफेसर का रुपमा बिराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत चिकित्सक डा. सुर्य पराजुली सग कुराकानी गरेका छौ ।। प्रस्तुत छ उहाँ सग गरिएको कुराकानी को सम्पादित अंश ।।।

डेंगि के हो ?
डेंगि एक भाइरस द्वारा लाग्ने संक्रमण हो, जुन एडिज जातको डेंगि संक्रमित पोथी लामखुट्टेको टोकाइबाट हुने गर्दछ। डेंगि भाइरस चार प्रकारका हुने प्रमाणित भइसकेकोमा यी सबै नेपालमा पाइन्छन्, जसलाई डेंगि भाइरस १,२,३,४ भनिन्छ ।

एडिज लाम्खुट्टे को शरीर र खुट्टामा कालो सेतो धर्सा हुन्छ त्यसैले यसलाइ हामी टाइगर लाम्खुट्टे पनि भन्छौ ।।यसको विशेषता भनेको यसले दिउँसो टोक्छ र सफा र स्थिर पानी मा अन्डा पार्दछ।। आफ्नो १४ देखि २१ दिन को जीवन चक्र मा करिब ३०० वटा अन्डा पार्दछ ।।

नेपाल मा यो रोग कहिले देखा पर्यो ???
यो रोग सन २००४ मा जापानी स्वयंसेवक मा देखा परेको थियो । सन २००६ मा यसले महामारी को रुप लिएको थियो । देश का विभिन्न भाग मा देखा परेको यो रोग ले झापा जिल्ला मा धेरै नै दुख दिएको थियो ।। केही ब्यक्ती हरु को मृत्यु समेत भएको थियो ।। यसरो हेर्दा यो रोग पुर्वी क्षेत्रमा देखीएको छ ।।।

अहिले सुन्सरी तथा मोरङ मा देखा परि रहेको छ नि ??
हो । तपाईं ले ठिक भन्नू भो । अहिले सुन्सरी को धरान मा देखा परेको यो रोग फैलदै गएको छ र अहिले मोरङ को बिराटनगर, सुन्दर-हरैचा, केराबारी लगायत को क्षेत्र मा समेत देखा पर्दै छ ।।। त्यस बखत देखा परेको यो रोग का बारे मा गम्भीरतापर्ूवक लागेको भए अहिले यो स्थित नआउन पनि सक्थ्यो ।।।

भन्नू को तात्पर्य ???
मेरो भन्नू को मतलब सन २००४ मा देखा परेको डेङ्गी अहिले पुन देखा पर्नु मा हाम्रै दोश देख्छु म ।। किनकी त्यो बेला देखा परेर केही बर्ष को अन्तराल मा मानिस को मृत्यु समेत हुदा पनि यसलाइ हामी ले सामान्य रुप मा लियौ ।। जुन सावधानि हामी ले देखाउनु पर्थ्यो त्यो देखाउन सकेनौ । यो कसरी लाग्छ बच्न के गर्ने सावधानि का उपाय हरु के के हुन सक्छ त्यस मा हाम्रो बिचार पुग्न सकेन ।। म लागायत का केही ब्यक्ती ले समय समय मा विभिन्न माध्यम बाट सचेतना फैलाउने कार्य त भयो तर यो निकै कम भयो ।।

पहिले त जनस्वास्थ्य कार्यलय थियो सबै काम त्यसैले गर्थ्यो ।। अहिले अधिकार हस्तान्तरण भएर स्थानिय तह मा पुगेको छ ।। स्थानिय तह बाट यसलाई कम गर्न के पहल भएको छ तपाईंलाई केही जानकारी छ ???

सहि प्रश्न गर्नु भयो ।। पहिले जन स्वास्थ कार्यलय जस्तै अहिले स्थानिय तह मा पनि स्वास्थ साखा त छ तर सोचे अनुरुप को काम हुन सकेको छैन । नत्र यस्तो अवस्था आउदा समेत हामि मा जुन रुप को तदारुकता हुनु पर्थ्यो त्यो कम भएको छ ।। हामी ले रोग लागि सके पछि भन्दा पनि त्यो लाग्नु अगाबै त्यसका कारण हुने हानि को निक्योल गर्नु पर्छ ।। हामी अलि ढिला भयो जस्तो लाग्छ ।

तपाईं त बिगत लामो समय देखि डेङ्गी सर्प को टोकाइ लगायत का बिषय मा अध्यन र अनुसन्धान मा सक्रिय हुनु हुन्छ । तपाईं लाई सरकारी निकाय बाट केही सल्लाह लिने काम भएको छ ??

सान्दर्भिक प्रश्न गर्नु भयो । म बिगत धेरै बर्ष देखि यस सम्बन्धी अध्धयन तथा अनुसन्धान मा सक्रिय छु ।। तर हाम्रो ज्ञान र सीप को सदुपयोग गर्ने काम भएको छैन ।। रेडियो अनलाइन लगायत का माध्यम बाट सचेतना फैलाउने काम गरि रहेको छु ।। तर यहाँ सम्स्या के छ भने बिज्ञ खोज्न हामी काठमाडौ सम्म पुग्छौ । त्यो खर्च त्यो लगानी यहि बसेर यहिको हावा पानी मा घुलमिल गरेका ब्यक्ति लाई गर्ने हो भने निश्चित रुप मा परिणाम सुखद निस्कन्छ ।। यस तर्फ सोच्न जरुरी भएको छ ।।

अहिलेको अब्स्था के छ त ??
तपाईं लाई जानकारी गराउ आज मात्र मोरङ जिल्ला का प्रमुख जिल्ला अधिकारीले मोरङ का सम्पूर्ण स्थानिय तह का प्रमुख बिराटनगर महानगर पालिका का प्रमुख विभिन्न नगरपालिका का प्रमुख , प्रहरी , विभिन्न सघ सस्था का प्रतिनिधी लगायत का ब्यक्ती हरु सग छलफल गर्नु भएको थियो । र ढिलै भए पनि मोरग का १७ वटै स्थानीय तह मा गएर सचेतना फैलाउने काम गर्ने भन्ने कुरा भएको छ । यसले केही मात्रा मा भए पनि प्रकोप लाई न्यूनीकरण गर्न मद्धत गर्ने छ ।।

बिराटनगर महानगर पालिका मा पनि स्वास्थ महाशाखा रहेको छ त्यहा बाट तपाइ सग सम्पर्क भएको छ ??
अहिले सम्म त भएको थिएन तर आजै को दिन त्यहा बाट पनि बोलाउनु भएको छ । हेरौ अब सबै मिलेर अघि बढ्दा यस लाई निर्मुल पार्न सघाउ पुग्छ ।।

डेंगि भाइरस कसरी सर्दछ ??
डेंगि ज्वरो भएका बिरामि लाई एडिज जात को पोथी लाम्खुट्टे ले टोके पश्चात उक्त लाम्खुट्टे ले स्वस्थ मानिस लाई टोक्दा मानिस लाइ पनि डेङ्गी संक्रमण हुन्छ ।।।

यसका लक्षणहरु चै के के हुन ???
विश्व स्वास्थ्य संगठनले डेंगि संक्रमणलाई विभिन्न तरिकाले विभाजन गरेको छ । डेंगिको प्रकृति अनुसार लक्षण तथा चिन्हहरु फरक फरक हुन सक्छन। डेंगि भाइरस संक्रमण पश्चात् कतिपयमा कुनै लक्षण तथा चिह्नहरु नै नदेखिने हुन सक्दछ ।

साधारण प्रकारको डेंगि ज्वरोमा अत्याधिक १०३–४ डिग्री सेन्टिग्रेडसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नीहरु दुख्ने, छालामा रगत जमेका राता खटिराहरु देखिने गर्दछन् । कसै–कसैमा थप जटिलताहरु उत्पन्न हुन सक्दछन् । जसमा विस्तारै रगतमा रहेका प्लेटिलेट्सको संख्या घट्दै जान्छ । प्लेटिलेट्स रगत जमाउने महत्वपूर्ण तत्व हो । अझ जटिलता बढ्दै गएमा शरीरका विभिन्न भागबाट जस्तो: नाक, गिजा आदिबाट आँफै रगत बग्न थाल्दछ । पिसाबमा रगत देखिने, रगत बान्ता गर्ने, दिशा कालो हुने हुन्छ । पिसाबको मात्रा कम हुनु, श्वास फेर्न गाह्रो हुने गर्दछ |

डेंगु संक्रमणमा बुझ्नुपर्ने महत्वपूर्ण कुरा पहिलो तीन दिन अत्याधिक ज्वरो आउछ । त्यसपछिका चौथो र पाचौ दिन अति नै संवेदनशील दिनहरु हुन् । क्रमश शरीरको तापक्रम घट्ने, रक्तचाप घट्ने, शरीरमा रगतको कमी हुने, शरीरका महत्वपूर्ण अंगले काम गर्न छोडेर मानिसको मृत्यु हुन जान्छ, जसमा बिरामीका अंगहरुले काम नगरी मानिसको मृत्यु पनि हुन सक्दछ तर यसपछिका छैठौं देखि दशौं दिन भित्रमा पुनस् साधारण जीवन प्रक्रिया तर्फ फर्किन थाल्दछन् ।

यस बाट बच्ने उपाय के के हुन सक्छन ?

  • एडिज लाम्खुट्टे ले दिउँसो टोक्ने हुदा थोरै र सफा पानी जम्न सक्ने गाडी का टायर कुलर गमला खाली बट्टा फ्रीज को पछाडी भाग आदिमा पानी जम्न दिनु हुदैन ।
  • दिउँसो पूरा बाउला भएका लुगा लगाउनु पर्दछ । लाम्खुट्टे भगाउने म्हलम पनि हामी प्रयोग गर्न सक्犀利士
    छौ ।
    झुल को प्रयोग गर्नु पर्छ ।
  • बढी मात्रा मा बाल बालिका र बृद्ध बृद्धा दिर्घ रोगी लगायत लाई असर चाडो देखिने हुदा उच्च सतर्कता अप्नाउनु पर्छ ।
  • घर वरि परिका बाताबरण सफा सुग्घर राख्ने पानी जमेका खाल्डा खुल्डी पुर्ने गर्नु पर्छ । घरका झ्याल ढोका मा जाली लगाउनु पर्छ ।आफू लाई सन्खा लागे मा तुरुन्तै स्वास्थ चौकी मा सम्पर्क राख्नु पर्छ ।।

यसको उपचार पद्धति चै के हो ?
यसको आफ्नै एन्टिभाइरल औषधि छैन ।चाडो भन्दा चाडो यसको पहिचान गरेर समय मै उपचार सुरु गरेको खन्ड मा यस बाट आइ पर्ने जटिलता लाई कम गर्न सकिन्छ ।। बिना कुनै जाँच औषधि को सेवन गर्न हानिकारक हुन्छ ।

बिना कुनै जाँच औषधि को सेवन गर्न हानिकारक हुन्छ भन्नू भयो तर हामी मध्ये धेरै ले जथाभावी औषधि सेवन गर्ने गर्छौ नि ?
एक दमै सान्दर्भिक प्रश्न ।। हामी मध्ये धेरै को बानी हुन्छ ज्वरो आयो कि मेडिकल मा गएर औषधि किनेर खाने ।। मैले भर्खरै जर्नलमा प्रकाशित गरेको एक अनुसन्धान अनुसार ४४ प्रतिशत मानिस हरु आफै मनखुसी औषधि खान्छनर डेङ्गी प्रभावित क्षेत्र का मानिस ले त यसलाई पुर्ण रुप मा त्याग्नु पर्छ । किनकी तपाइले जथाभावी आइब्रुफेन जस्तो औषधि सेवन गर्नु भो भने स्थिती जटिल हुन सक्छ ।। फार्मेसी मा बस्ने फार्मासिस्ट ले त नदेलान तर अनुभव का आधार मा औषधि बेच्ने मान्छे ले औषधि दिए भने तपाईं लाई नै हानी गर्दछ ।तसर्थ औषधि बिक्रेता ले पनि ध्यान दिन आवश्यक छ ।।

अर्को कुरा तपाईं सामान्य पारासिटामोल मात्र भने सेवन गर्न सक्नु हुन्छ ।।

सरकारी तवर बाट के भै दिए यसको जोखिम लाइ न्यूनीकरण गर्न सकिन्छ ??
सरकारी तवर बाट जोखिम देखा परेको अवस्था मा मात्र तात्ने अरु बेला चुप लागेर बस्ने काम गर्नु भएन ।। रापिड रेस्पोन्स टिम जुन सुकै समय मा परिचालित हुने गरि तयारी अव्स्था मा राख्नु उत्तम हुन्छ ।। जसमा हामी स्वास्थ्यकर्मी हरु को एउटा समुह जसले रोगलाई निदान गर्न सकोस । त्यस्तै अर्को स्थानिय तह का प्रतिनिधि हरु को समूह त्यसै गरि यस रोग का बारेमा जनचेतना फैलाउन का लागि संचारकर्मी युवा सघसस्था का प्रतिनिधि लगायत को टिम लाई सदैव परिचालित गरेको खण्ड मा हामी लाई जोखिम कम गर्न टेवा पुग्दछ ।।

अन्त्यमा यहाँ को सन्देश केही छ ?
अहिले जुन जोखिम छ त्यसलाई कम गर्न हामी सवै हातेमालो गरेर लागौ ।। अहिले को जोखिम टरे पछि मैले माथी भने जस्तै र्यापिड रेस्पोन्स टिम को निर्माण गरौ । प्लास्टिक का सामान, टायर को अधिक प्रयोग कम गरौ । फोहोर मैला ब्यब्स्थापन मा देखिएका कमजोरी लाई हटाउ । जसले गर्दा हामी लाई रोग लाग्न बाट त बचाउछ नै स्वस्थ नेपाल बनाउने परिकल्पना लाई साकार पार्न सकिन्छ ।।।

आफ्नो ब्यस्त समय हामीलाई उपलब्ध गराउनु भएको मा धन्यवाद ।।
यहाँहरु लाइ पनि धन्यवाद ।।।

सुभाष भण्डारी

 


Loading comments...