
‘मेरो गाउँ, मेरो ठाउँ’ पब्लिक च्वाइस अवार्ड – मनोनयनमा परेका १२ उत्कृष्ट चलचित्र हेर्नुहोस्
९ असार २०७६, सोमबार १८:४८
काठमाडौँ । ओझेलमा रहेका पर्यटकीय थलोहरु उजागार गर्ने प्रयास अनुरुप नेपालमै पहिलो पटक आयोजित ‘टुरिज्म डेस्टिनेसन भिडियो च्यालेञ्ज अवार्ड’ को पब्लिक च्वाइस अवार्डको मनोनयनमा परेका १२ भिडियो सार्वजनिक गरिएको छ ।
भिडियो च्यालेञ्ज प्रतियोगिताका आयोजक वि विल राइज फाउन्डेसनका अनुसार पब्लिक च्वाइस अवार्डमा धेरै मत ल्याउने उत्कृष्ट एउटा भिडियोले एक लाख रुपैयाँ पुरस्कार पाउने छ । साथै नेपाल फिल्म एकेडेमीले २ लाख बराबरको फिल्म सम्बन्धि अध्ययनको लागि एक बर्षको छात्रवृति प्रदान समेत गर्ने छ ।
पब्लिक च्वाइस अवार्डको मनोनयनमा परेका भिडियोहरु र लिंक :
१) छठ पुजा – कुमार भास्कर
२) डगुरा थारु – कुलदीप न्यौपाने
३) दैलेख – टीएनएल प्रोडक्सन
४) जर्नी टु सिंगला – जम्बुलिंग फिल्म्स
५) लिग लिग पहिलो पाइला – सुदिप गिरी
६) मानुङकोट – आर्यन कुँवर
७) राइनास – बिक्रम न्यौपाने
८) रामारोशन – सन्तोष उपाध्याय
९) रोलिंग मोनास्ट्री – रेशम राज रोकाया
१०) सन्दकपुर – सन्दकपुर नगरपालिका
११) सोलु दुधकुण्ड – सोलु दुधकुण्ड नगरपालिका
१२) थाक ठिनी – संजोग थकाली
‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेञ्जमा पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरुलाई भोटिङ गर्ने नियमहरु :
-पिपुल्स च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार ९ गते साँझ ५ बजे अपलोड गरिएको छ ।
-पिपुल्स च्वाइसमा मनोनित भएका भिडियोहरु २०७६ असार १६ गते साँझ ५ बजेसम्म भोटिङ गर्न पाईने छ ।
-पिपुल्स च्वाइसका छनोट भएका भिडियोहरु We Will Rise Foundation को आधिकारिक फेसवुक पेज facebook.com/Nepal.We.Will.Rise र युट्युव च्यानल https://bit.ly/2RtiJVa मा अपलोड गरिनेछ ।
-हाम्रो आधिकारिक फेसवुक पेज र युट्युव च्यानलमा पिपुल्स च्वाइसका लागि छनोट भएका भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई मुख्य आधार बनाएर विजेता भिडियोको छनोट गरिनेछ ।
हाम्रो आधिकारिक फेसबुक पेज र युट्युव च्यानलमा रहेको भिडियोमा आएका लाइक / रियाक्ट र भिडियोको भ्युलाई अंकको आधारमा यसरी वर्गीकरण गरिएको छ:
१) युट्युव लाइक, फेसबुक लाइक / रियाक्ट– ३० अंक
२) युट्युव भ्युज– २० अंक
३) फेसबुक भ्युज– १० अंक
-भोटिङको अन्तिम समय २०७६ असार १६ गते साँझ ५ बजेसम्मलाई तोकिएको छ । यसपछि हुने कुनै पनि किसिमको भोटिङलाई गणना गरिने छैन ।
– भोटिङको बिषयमा कुनै किसिमको विवाद आएमा आयोजकको निर्णय नै अन्तिम हुने छ ।
अवार्डको अन्तिम घोषणा आगामी आषाढ १६ गते (जुलाई १) मा काठमाडौँको दरबारमार्गस्थित अन्नपूर्ण होटलमा साँझ ६:३० बजेदेखि आयोजना हुँदै छ ।
गत जनवरी १ देखि मे ३१ सम्म चलेको यस ‘मेरो गाउँ, मेरो ठाउँ’, भिडियो च्यालेन्जका निर्णायकहरु अभिनेत्री एवं चलचित्र निर्माता करिश्मा मानन्धर, वरिष्ठ साउण्ड इन्जिनियर प्रदिप उपाध्याय, वरिष्ठ फोटोग्राफर जगदिश तिवारी, निर्देशक सम्झना उप्रेती रौनियार र कलाकार एवं निर्देशक निर्मल शर्मालगायतले छनोट गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज