Lifestyle Portal
  •   २४ जेष्ठ २०८०, बुधबार

सुवास चन्द्र बोसको मृत्युको रहस्य सुल्झाउने फाइल १०० वर्ष पछि बन्द गरियो

१२ असार २०७६, बिहीबार १०:२१


पेरिसमा आधारित इतिहासविद्ध जेसीपी मोरले फ्रेन्च सैनिकहरुको आर्काइभबाट एउटा फाइलको लागि आवेदन दिएका थिए । फ्रान्सको नेशनल आर्काइभल अथोरिटिसले उक्त फाइल १०० वर्ष अघि बन्द भएको भन्दै दिन नमिल्ने भनेंर मोरको आवेदन रद्ध गरिदिएका छन् । उक्त फाइलमा भारतका एक यूगपुरुष तथा रहस्यमयी डगंले हराएका नेता सुवास चन्द्र बोसको मृत्यु समबन्धी जानकारीहरु रहेको बताइन्छ । जसरी सुवास चन्द्र बोसको मृत्यु र एक्कासी हराउने कुरा फिल्मी जस्तो भएको छ त्यस्तै अहिले यस फाइलको कुरा पनि कुनै चलचित्र भन्दा कम देखिँदैन ।

कतिले नेता सुवास नेपालमा आएर खप्तड बाबाका रुपमा बसेका या शिवपुरीमा आएर बसेका भन्ने पनि निराधार अड्कलहरु काटेका छन् भनें इन्टरनेटमा कतिपयले दावाका साथ नेता बोस रुसी कस्टडीमा मारिएका या जहाज दुर्घटनामा मारिएका भन्ने तथ्य पनि ल्याएका छन् । जे होस् भारतीय राजनितिको यूगपुरुष बोसको मृत्युसंगै भारतीय राजनितीमा केहि अन्य तत्कालिन नेता र दर्शनलाई फक्रन भनें थप सहज भएको देखिन्छ । कतै बोसको मृत्यु स्वदेशी सहयात्री या षडयन्त्रकारीहरु बाटै भएको त थिएन्, रहस्य अब नखुल्ने पक्कापक्की भएको छ ।

जेसीपी मोरको प्रतिवेदनले के भन्दछ ?
उन्को वर्षौपछिको अध्ययन प्रतिवेदनले भियतनामको साइगनको बोस क्याटीनाट कारावासमा बोसको मृत्यु भएको जनाएका छन् । सन् १९४५ को सेप्टेम्बर महिनामा बोसको मृत्यु भएको हुनसक्ने मोरले बताएका छन् । भियतनामको उक्त कारावासका तत्कालिन बन्दीहरुको डाटा रहेको उक्त फाइल अहिलेको फ्रान्सको सरकारसंग रहेको तर फ्रान्समा अर्थशास्त्र बिषय पढाउने प्राध्यापक मोरको उक्त फाइल पाउने आवेदन रद्ध गरिएको छ ।

बोस ताइपाईमा एउटा जहाज दुर्घटनामा मारिएको भन्ने तथ्य चाँही झुठो सावित भएको बताइन्छ । १७ अगस्त १९४५ मा बोसलाई भियतनाम मा पक्राउ गरिएको थियो ।

सुयोग ढकाल

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाण्डौ । काठमाण्डौमा गत आइतबार सम्पन्न भारतको प्रतिष्ठित ‘क्याप्टिभेटिङ क्रिएसन अवार्ड २०२३’को छैठौं संस्करणमा वरिष्ठ कलाकार हरिवंश आचार्य, विशिष्ट संगीतकार

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग