
पढ्न मन लाग्दैन ? यसो गर्नुहोस्
१७ असार २०७६, मंगलवार ११:३४
अहिले स्कुल कलेजमा रहेको पुस्ता सबैभन्दा बढी डिस्टर्ब छ । आईफोन, इन्टरनेट, मोवाईल, ल्यापटप अझ सामाजिक संजालको एक क्लिकमा आउने असंख्य सामग्री छनोट गरेर प्रयोग गर्न नसकेर पनि बर्तमान पुस्ता डिस्टर्ब छ । यसको असर विधार्थीको भविष्य सँगसँगै अभिभावकमा समेत परेको छ ।
विद्यार्थीलेको दुनियामा ज्ञान सँगसँगै सर्टिफिकेटको पनि उत्तकै महत्व छ । सर्टिफिकेट लिन स्कुल कलेजको परिक्षा पास हुनुपर्छ । अहिले पास भएर मात्र हुँदैन, उच्च अंक सहित उत्तिर्ण हुनु जरुरी छ त्यसैले पढ्न मन लागेन भनेर हुँदैन । अझ उच्च शिक्षाका लागि विदेश जाने सोच बनाइरहेका विद्यार्थीले पढ्न जरुरी छ । पढाईमा मन लगाउन केही काम गर्नु जरुरी छ । हामीले पढाई टिप्स तयार गरेका छौं जसलाई एक पटक नियमित प्रयोग गरेर हेर्नुहोला ।
मन पर्ने कुरा पढ्न थाल्नुहोसः
सुरुमै कोर्षको किताब पढ्न मन नलाग्न सक्छ । त्यसैले कथा, उपन्यास वा तपाइको रुचिको विषयमा लेखिएको पुस्तक भेला गरेर पढ्न थाल्नुहोस जसले तपाइको पढ्ने बानी बस्छ ।सजिलो विषय वा शिर्षक छान्नुहोस् । हाम्रो उद्देश्य कोर्षको किताब पढेर राम्रो अंक ल्याउनु पर्छ भन्ने हो । त्यसैले कोर्षको सबै भन्दा सजिलो किताबको सजिलो शिर्षक छान्नुहोस् । सुरुमै अप्ठ्यारो बाट थाल्दा मन बिचलित हुन्छ ।
ठाउँको छनोट गर्नुहोस् :
यस्तो ठाउँको छनोट गर्नुहोस् जहाँ शान्त होस्, ध्यान भंग गर्ने केही कुराहरु नहुन । बरु पढ्न आवश्यक सामाग्रीहरु लिन टाढा जानु नपरोस । विजुली, फेन, हिटर र पानीको राम्रो व्यस्था होस् । महान मान्छेका सोच बदल्ने भनाईहरु पढ्ने छेउमा टासेर पढ्नु भए पनि उर्जा मिलिरहन्छ ।
अल्छी लागे पनि पढी रहनुहोस् :
नपढी हुन्न भन्ने सोच बनाउनुहोस । एउटा रुटिन बनाउनुहोस र त्यसलाई कार्यनयन गरेर हेर्नुहोस । पढाईलाई जीवनको महत्वपूर्ण पाटो बनाउनुहोस । दैनिक नित्यकर्म फत्ते नगरी फ्रेश हुन् सकिन्न त्यस्तै नपढी हुन्न भन्ने सोच विकाश गर्नुहोस् ।
पढन्ते साथीहरुको संगत गर्नुहोस् :
गौतम वुद्धको एक महान भनाई छ ‘बरु एक्लै हिड् तर गलत साथीको संगत नगर’ त्यस्तै अहिलेको संगत जे जस्तो छ त्यो बिर्सनुहोस् र पढन्ते साथीहरु सँगको भेट्घाटलाई बढाउनुहोस् ।
ध्यान भंग गर्ने सामाग्रीहरुलाई हटाउनुहोस्:
विधार्थीको पढाईमा डिस्टर्ब गर्ने मुख्य सामाग्री भनेकै आईफोन, इन्टरनेट, सोसियल मिडिया, ल्यापटप मोवाईल हुन् । त्यसैले पढ्ने बेला यिनीहरुलाई आफु भन्दा दुर राख्नु नै उपयुक्त हुन्छ ।
अनुशासित बन्नुहोस्:
हर कुरामा सफल हुन् अनुशासनको ठुलो महत्व हुन्छ । पढाईमा पनि अनुशासित हुनुहोस् नियमित पढ्नुहोस् । तडकभडक बाट जोगिनुहोस् ।
आराम गर्नुहोस् :
नियमित १ देखी दुई घण्टा पढेपछि केही समय विश्राम लिनुहोस् । वरपर हिड्नुहोस, संगीतमा रम्नुहोस, परिवारका सदश्य सँग कुरा गर्नुहोस् र १० मिनेट भित्र पुरानै ठाउँमा आएर पढ्न थालिहाल्नुहोस ।
प्रगति हेर्नुहोस्:
पहिला नपढ्दा र अहिले पढ्दाको प्रगति तुलना गर्नुहोस् । पक्कै अहिले राम्रो देखिने छ जसले तपाईलाई अझ मेहनतका साथ पढ्न प्रेरित गर्छ ।
स्वास्थ्यको ख्याल गर्नुहोस् :
स्वास्थ्य बिना केही सम्भव छैन । त्यसैले स्वास्थ्यबर्द्धक खाना खानुहोस, ७ घण्टा मस्त निदाउनुहोस, नियमित योगा, ध्यान गर्नुहोस् । जसले तपाईलाई पढ्न अझ सहयोग गर्छ, उत्साहित बनाईराख्छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारको आर्थिक सहयोगमा काठमाडौंस्थित मदन भण्डारी स्मृति कलेजका लागि निर्मित कलेज भवनको आज
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ
मिति २०७९।११।०१ गते अं.१६;५० बजेको समयमा काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं.१६ माछापोखरी चोक स्थितमा नेपाल यातायात स्वतन्त्र मजदुर संगठन,
विरगञ्ज, १४ पुस छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण फैलन थालेपछि वीरगन्ज नाकामा उच्च सतकर्ता अपनाइएको छ । इनरुवा नाकामा