Lifestyle Portal
  •   २० जेष्ठ २०८०, शनिबार

क्यान्सरबाट बच्न खाने गर्नुहोस्, यी खानेकुराहरु

१९ असार २०७६, बिहीबार ०७:००


क्यान्सरको जोखिममा हामी सबैजना छौ, यसबाट बच्न हामीले हाम्रो आहार अनि बिहारमा ध्यान दिन जरुरी छ ।
बढ्दो रसायनिक कुराहरुको प्रयोग, घट्दो ओजोन तह अनि अस्वस्थ खानपिनका कारणले हामीसबैजना यस रोगको जोखिममा छौ । स्मरण रहोस् गएको दशकमा क्यान्सर रोगका बिरामीहरु संसारभरिनै निकै बढेका छन् । क्यान्सर धेरै प्रकारका छन् र यसबाट बच्न पनि हामी उत्तिकै सचेत रहन जरुरी छ, हैन र ?

१ खानामा लसुनको प्रयोग बढाउनुहोस्
लसुनमा भएको सल्फर तत्वले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाँउदछ । स्मरण रहोस् लसुनको प्रयोगले शरीरका ट्यूमरहरुको बृद्धि कम गराँउदछ । बिभिन्न अध्यनहरुले त पेटको क्यान्सरलाई लसुनको दैनिक सेवनले १२ प्रतिशतसम्म घटाउने सम्म देखाएका छन् ।

२ उसिनेको या बफ्याएको ब्रोकाउली
ब्रोकाउलीलाई क्यान्सर निरोधक सुपर खानाका रुपमा समेत लिइन्छ । माईक्तो बेबमा राखेर या पकाएर भन्दापनि सामान्य बफाएर र उसिनेर खाएमा यसका पौष्टिक तत्वहरु सजिव रहन्छन् है ।

३ कागतीको नियमित प्रयोग
कागतीमा हुने सिटरस तत्वले मुख अनि पेटको क्यान्सरबाट जोगाउने बिभिन्न अध्यनले देखाएको छ । यसको नियमित प्रयोग स्वस्थकर छ ।

४ किवी को सेवन
हामीसबैलाई किवी फलको बारेमा थाहा छ, हैन र ?
अहिले नेपालमा पनि ब्यवसाहीक किवी खेती हुन थालेको छ, किवी सहजै उपलब्ध पनि छ नेपाली बजारमा । दैनिक जसो किवीको सेवन गरेमा क्यान्सरबाट जोगिन सकिन्छ । यसरी किवी खाँदा साधारणतया किवीलाई आधामा काटेर बिचको भागलाई चच्चाले खुर्के खान सल्लाह दिइन्छ ।

५ हरियो प्याजका पातहरु
अध्यनहरुका अनुसार दैनिक हरियो प्याजका पातहरुले प्रोस्टेटको क्यान्सर लगभग ५० प्रतिशतले कम गर्दछन् । पुरै पकाएर भन्दा पनि काँचै या बफ्याएर खान सुझाव दिइन्छ ।

६ हरियो चिया
बिभिन्न अध्यनका अनुसार दैनिक हरियो चिया सेवन गर्ने महिलाहरुमा ५० प्रतिशत कम क्यान्सर हुने संभावना हुन्छ ।
अमेरिकन जर्नल अफ क्लीनिकल न्यूट्रिशनको बिश्वब्यापी अध्यनले पनि यो नै देखाएको छ ।

७ स्याउ
स्याउमा भएको फाईबर तत्वले हाम्रो आन्दा्रमा क्यान्सरका जिवाणु बन्न दिँदैनन् । जर्मन अध्ययनका अनुसार स्याउमा हुने एकप्रकारको एन्टीअक्सिडेन्ट तत्वले क्यान्सर सेलको नाश गर्दछ ।

८ टुसा उम्रिएको खानाकुराहरु र गेडागुडि को सेवन
उम्रिएको या टुसा उम्रिएको खानाहरुमा सल्फरिन तत्वको अधिकता हुन्छ । यसले क्यान्सरवाट हाम्रो शरीरको रक्षा गर्दछ ।

९ बन्दा कोभी
बन्दालाई हामीले धेरैजसो हेपेको तरकारी हो तथापि यसको दैनिक सेवन गरेमा मलद्धार र आन्द्राको क्यान्सरबाट जोगाँउछ । यसको सेवनले ट्यूमरको बृद्धिबाट पनि रोक्दछ ।

१० गाँजर
गाँजरमा अत्याधिक मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका अलावा पनि गाँजर बिभिन्न प्रकारका अन्य धेरै फाईदाजनक तत्वहरु पाइन्छ जसले हामीलाई क्यान्सरबाट जोगाँउदछ ।

क्यान्सर बिरुद्धको जनचेतनामा खानेकुराहरु बारे तथ्यहरु सबैभन्दा महत्वपूर्ण मानिन्छ । स्वस्थ रहनुनै सबैभन्दा ठुलो कुरा हो ।

लाइभमाण्डु

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ का लागि विभिन्न दस विधामा ७० वटा वृत्तचित्र मनोनयन भएका छन् । देशैभरबाट

सोलुखुम्बु — नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सोलुखुम्बुमा ध्यान केन्द्र र गुम्बाको शिलान्यास गर्नुभएको छ। बुद्ध जयन्तीका अवसरमा राजदूत

जारी फिल्म सुखद रुपमा चलिरहेको छ । हिजो छोरीको स्कुल जानु पर्ने थियो ब्यस्तताले जान पाईन । नानीको आमालाई छोरीसँग

कीर्तिमानी आरोही फुर्वा बने युरोपकै ठूलो राष्ट्रिय निकुञ्जको सद्भावना दूत कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पालाई इटालीस्थित युरोपकै ठूलो राष्ट्रिय निकुञ्जले