भारतमा सामूहिक बलात्कार पछि मारिएकी सरीताका सातैजना अभियुक्तहरुको फाँसी रोकियो


लाईभमाण्डू, दिल्ली । मानसिक स्वास्थ्य उपचारका लागि दिल्ली बस्ने दिदीको घर पुगेकी २८ वर्षिय सरीता नाम गरेकी नेपाली चेलीसंग भएको सामूहिक बलात्कार तथा हत्याको मामिलामा भारतको सुप्रीम कोर्टले बिहिवार सातैजना अभियुक्तहरुलाई दिईएको फाँसीको सजायमाथि रोक लगाएको छ । यस अघि सन् २०१५ मा भारतको सत्र न्यायाधीशको अदालतले सातै जनालाई फाँसीको सजाय दिएको थियो जसलाई भारतको हाईकोर्टले समेत कायम राखेको थियो । यस मुद्दामा सन् २०१५ को डिसेम्बरमा यस जघन्य अपराधको विषयलाई लिएर भारतभर ठूलो सामाजिक अभियान थालिएको थियो । अचानक सुप्रीम कोर्टले बिहिबार गरेको निर्णयका बारेमा पीडित परिवारका कसैलाई कुनै जानकारी छैन । प्राप्त जानकारी अनुसार घटनामा मारिएकी को आफन्तहरु नयाँ दिल्लीको रोहतकमा बस्दै आएका छन् ।


के हो यो सामूहिक बलात्कार पछिको हत्याकाण्ड ?
घट्ना २०१५ फ्रेबुअरी १ को हो । त्यस दिन अपरान्ह नयाँ दिल्लीस्थित रोहतक भन्ने ठाउँमा रहेको चिन्योट कोलोनीमा बस्ने आफ्नो दिदीको घरबाट एक्लै निस्किएकी हिंड्दै उनी हिसार वाईपास पुगेकी थिईन् । त्यहाँस्थित एउटा चिया पसलमा काम गर्ने सन्तोष नाम गरेका नेपाली युवाले उनलाई देखे र उनीसंग केहीबेर कुराकानी गरेपछि उनी मानसिक स्थित ठिक नभएको कुराको भेउ पाए । तुरुन्त सन्तोषले आफ्ना केही परिचित यूवाहरुलाई यसबारे जानकारी गराएर त्यहाँ बोलाएका थिए । सन्तोष समेत ९ जनाले उनलाई केही नजिकै रहेको बहु अकबरपुरको खेतमा लगे र पालैपालो सामूहिक बलात्कार गरे । घट्नालाई लुकाउनका लागि सरीताको शरीरमा लठ्ठी, तिखो ब्लेड तथा ढुङ्गा कोचेर निर्ममतापूर्वक हत्या गरी सबै फरार रहेका थिए । घटनाको चौथो दिन निवस्त्र अवस्थामा जीवजन्तुले खाईसकेको सरीताको आधा शव पुलिसले पत्ता लगाएको थियो ।  सन्तोष त्यहाँस्थित गद्दी खेडी भन्ने गाँउमा भाडाको कोठामा बस्थे जो त्यस घटना पछि कहिल्यै आफू काम गर्ने त्यस चिया पसलमा आएनन र अन्य आठैजना पनि एताउता भूमीगत भएका थिए ।

दिल्ली पुलिसको अपराध जाँच शाखाले प्राप्त गरेको गोप्य सूचनाको आधारमा अभियुक्तहरुको सम्बन्ध घट्नास्थल अर्थात् गद्दी खेडी बारेमा थाहा पायो र यही आधारमा अनुसन्धानका क्रममा एक नाबालक अपराधि सहित सबै ९ जना अभियुक्तलाई पक्राउ गर्न सफल भयो । जसमा अन्त्यमा पक्राउ परेका सोमवीर भनिने नवौ आरोपिले दिल्लीमा विष सेवन गरी आत्महत्या गरेका थिए । यस घटनामा सन् २०१५, डिसेम्बर २१ का दिन स्थानिय जिल्ला सत्र न्यायाधीको अदालतले गद्दी खेडी गाउँ निवासी घुचडू भनिने राजेश, शीला भनिने सुनील, बिल्लू भनिने सारवर, मनवीर, माधा भनिने सुनील, पवन तथा पदम भनिने प्रमोदलाई फाँसीको सजायको फैसला सुनाएका थियो र यस फैसलाको पक्षमैं हाईकोर्टले पनि सदर गरेको थियो । अदालतको आदेशपछि दोषिहरुको तर्फबाट अधिवक्ता डा. दीपक भारद्वाजले पैरवी गरिरहेका थिए । मेडियासंगको कुराकानीका क्रममा उनले भने, “हो सुप्रीम कोर्टलाई हामीले गरेको अपिललाई स्वीकार गरेको हो र यस अघि भएको फैसला अर्थात फाँसीको सजायमाथी रोक लगाएको हो ।”

यस घटना पश्चात् पीडित परिवारलाई नजिकबाट साथ दिएका सामाजिक अभियन्ता तथा संस्थाहरु क्रुद्द बनेका छन् । कानूनी राज्यमा बलात्कार तथा हत्या जस्तो घटनामा पनि सुप्रीम कोर्टबाट अचानक सार्वजनिक भएको यस्तो खालको निर्णयले अपराधिलाई हौसला मिलेको छ । कडा कानूनी उपचार नभएसम्म यस्ता घटना नदोहोरीएलान भन्न सकिन्न ।

घटनाका विषयमा आएका त्यतिखेरका ट्वीटहरुः

तस्वीरहरुः एनडीटिभी फूटेज


Loading comments...