आँधीहुरी पीडित विरामी तथा आफन्त कुरुवाहरुका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा खानाको व्यवस्था


गएराति मध्यतराईमा आएको आँधीहुरीबाट प्रभावित बनेको घाईते तथा वहाँहरुको उपचारका लागि आएका आफन्त कुरुवाहरुको घाउमा मल्हम लगाउन वीरगञ्जे युवाहरु सक्रिय भएका छन् ।

नारायणी उपक्षेत्रीय अस्पतालमा खाना व्यवस्थापनको काम शुरुभएको कुरा वीरगञ्जका युवा नेता अरबिन्द सिंहले बताउनुभयो । स्थानीय सद्भाव समिति, सानोपाईला, डगआउट रेष्टुराँ तथा बिरगञ्ज युवा समाजलगायत अरु विभिन्न संस्था र व्यक्तिगत सहयोगमा अस्पताल परिसरमै खाना पकाउने र खुवाउने क्रम जारी छ।

साथै वहाँले हावाहुरी प्रभावित क्षेत्रका लागि कम्तिमा त्रिपाल, झुल, ओछ्याउने मैट , चामल , दाल , आलु , प्याज, चिउरा, चाउचाउ , पानी, पानी सफा गर्ने क्लोरिन, सेनिटरी प्याड लगायतका सामग्री तत्काल चाहिएकोले सोको व्यवस्थापनमा सक्दो सहयोग गर्न सबैलाई हार्दिक अपिल पनि गर्नुभयो ।

यसैबिच, सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री राम बहादुर थापा बादलसहितको टोलिले नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटघाट गर्नुभएको छ ।


Loading comments...