कीर्तिनिधि विष्टबारे ग्रन्थ: लेखका लागि अनुरोध


१५ मंसिर, काठमाण्डौ । नेपाली राष्ट्रियताका पहरेदार, नैतिकताका प्रखर प्रतीक, अति इमानदार, अति शालीन, महेन्द्रवादी चिन्तक, देशभक्त राजनेता, पूर्व प्रधानमन्त्री सम्माननीय कीर्तिनिधि विष्टको स्वर्णिम योगदानको इतिहास नेपाली वाङमयमा सुरक्षित राख्नु हाम्रो कर्तव्य हो ।

नइ प्रकाशनका संरक्षक तथा दाता आदरणीय कीर्तिनिधि विष्टका स्मृतिमा नइको सम्पादनमा नइ प्रकाशनले “देशभक्त राजनेता : कीर्तिनिधि विष्ट” नामक वृहत् स्मृतिग्रन्थ प्रकाशित गर्ने भएको छ ।

श्रद्धेय कीर्तिनिधि विष्टसँगको संस्मरण, उहाँको देशभक्ति गाथा र उहाँको राजनैतिक निष्ठा, उचाइ र योगदानबारे आआफ्नो लेख २०७५ साल मङ्सिर महिनाभित्र उपलब्ध गराई दिनहुन लेखक, राजनीतिज्ञ, चिन्तक र बुद्धिजीवीहरूमा पुन: अपिल गर्दछु ।

(नरेन्द्रराज प्रसाई)
सदस्यसचिव
नइ प्रकाशन
www.nai.com.np
[email protected]
~
चित्रकार: Karmacharya


Loading comments...