प्रधानमन्त्री ओली केहिबेर अघि अस्पताल भर्ना !


प्रधानमन्त्री केपी शर्मा ओली बुधवार (आज) अस्पताल भर्ना भएका छन्।

आज बिहान नियमिति चेकजाँचका लागि टिचिङ अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका ओलीलाई चिकित्सकहरुले भर्ना हुन् सुझाव दिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

नियमिति चेकजाँचका लागि अस्पताल पुगेका ओलीलाई चिकित्सकले अस्पतालमै बस्दा राम्रो हुने सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले जानकरी दिए।

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा कुनै समस्या नभएपनि नियमित चेकजाँचमा सजिलो हुने भएकाले १ दिनको लागि अस्पतालमा भर्ना गरिएको उनले बताए। ओली नियमित चेकजाँचका लागि बैंकक जानुपर्ने भएपनि उनकै इच्छा अनुसार नेपालमै गरेको बताइएको छ।


Loading comments...