बुशफायर निभाउने प्लेन दुर्घटना, ३ अग्नी नियन्त्रकको मृत्यू


बुशफायर निभाउनका लागि अष्ट्रेलीयाले लकहिड सी १३० हर्कुलीस विमान लाई स्नोई मोनारो क्षेत्रमा परिचालन गरेको थियो तर दुर्भाग्यवश आज दिँउसो यो विमान दुर्घटना भएको खबर आएको छ ।


यो जहाजको दुर्घटनास्थल अनि भग्नावशेषको खोजि कार्य जारी छ, यद्धपी आरएफएसको कमीस्नरले भनें चालक दलका सबै सदस्यको दुख्खद मृत्यू भएको बिज्ञप्ती नै जारी गरिसकेको छ । जहाज पानी बोक्ने भएकाले अत्यन्त भारी वजनका साथ भुँईमा बजारिएको बताइएको छ । अमेरिकी अग्नीनियन्त्रक हवाई जहाज सेवा प्रदायक कोलसन एभिएशनले अष्ट्रेलीयालाई यस बिमान सेवा कन्ट्रयाक्ट मा प्रदान गरेको हो । त्यसकारणले जहाजमा भएका चालक सदस्यका ३ जना नै अमेरिकी भएको बताइएको छ ।

आरएफएसका अनुसार जहाज आफ्नो रुटीन वाटर बम्बीगंका लागि उडेको थियो तर यस उडान नै यस जहाजको अन्तिम उडान हुन पुग्यो । फ्लाइट ट्रयाकरले चाँही जहाज क्यानवेराको दक्षिण दिशा तर्फ उडेको देखाएको छ भनें केहि समयमा जहाज पीक भ्यू कुमा भन्ने ठाँउको उत्तरपूर्व दिशामा एक्कासी हराएको देखाएको छ ।

अगस्त २०१९ मा अमेरिकाबाट अष्ट्रेलीया ल्याइएको यस जहाज सम्पूर्ण सुरक्षा जाँच पछि मात्र सञ्चालन गरिएको हो ।


Loading comments...