कोरोनाको कारण विदेशमा ३ सय ३३ नेपालीको मृत्यु


लण्डन । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा २ जना र अल्जेरिया १ जना को संक्रमणका कारण निधन भएको हो ।

यो सहित २१ देशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३३ जना पुगेको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार शनिवार साँझसम्म विभिन्न ५० देशमा रहेका ५८ हजार ८ सय ३२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये ५६ हजार २ सय ४७ जना कोरोना मुक्त भएका छन ।

यो कुल संक्रमितको ९४ प्रतिशत हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, मलेसिया, साउदी अरब, पोर्चुगल र नाइजेरियामा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै कोरोना भाइरसका कारण नेपालमा २ हजार ३५ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७१ हजार ८ सय ६ जना छ भने २ लाख ६६ हजार ८ सय १२ जना अर्थात ९८ दशमलव ५ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।


Loading comments...