भारतले श्रिलंकालाई बेच्न आँटेको विश्वस्तरिय रेलहरु


औधोगिकरण र प्रविधि रुपान्तरणमा भारतको विश्वस्तरिय नाम छ । अझ जब जब रेल र लोकोमोटिभको कुरा आँउदछ तब भारतको उत्पादन गुणस्तर अति विशिष्ट र टिकाउ पाइन्छ । दक्षिण एसियाका देशहरु श्रिलंका, बंगलादेश र नेपाल पनि भारतीय लोकोमोटिभ उत्पादनमा भर परेका पाइन्छन् । भारतीय कम्पनीका गाडीहरु सुस्तरि एसिया, मध्यपूर्व, प्यासिफिक क्षेत्रहरु हुँदै यूरोप सम्म पुगिसकेका छन् । यस्तै भारतले भर्खरै ७०० करोड बरावरका लोकोमोटिभ रेलका इन्जिन र डब्बाहरु श्रिलंकाका लागि बेच्ने भएको छ र हस्तान्तरण प्रक्रिया अन्ततिर पुगिसकेको छ ।

यी रेलहरुलाई विश्वस्तरिय डेमु रेलका नामले चिनाइएको छ । आईसीएफ चेन्नई र राइट्स भन्ने अर्धसरकारी कम्पनीहरुले यी रेलहरुको डिब्बा हस्तान्तरण र बिकासको जिम्मा पाएका हुन् । ६ वटा डेमु रेक्स रेलहरु बनाइएको छ । १२ वटा कोच र १८०० हर्सपावर भएको इन्जिनहरु अत्याधुनिक छन् । एन्टी ग्राफिटी पेन्ट्स, एरो डाइनामिक्स मैत्री डिजाइन र स्टेनलेस स्टील्स यि रेलका खासियत हुन् जुन हेर्दा बिशिष्ट देखिन्छन् । जीपीएसमा आधारित रेलको ट्रयाकीगं सिस्टम, मेटा्रे रेल झैं एलइडि डिस्प्ले र अनाउन्समेन्ट पनि यि रेलहरुमा उपलब्ध छन् । 

३६० डिग्री फ्यानको कभरेज भएको यि डिब्बाहरुमा सामान राख्ने र्याक अल्म्ुनियमका छन् भनें त्यस र्याकको सतह सिसाको पारदर्शि छ । मोडुलर ट्वाइलेट र एयर असिटेड फ्लश पनि छ । हरेक रेलका फ्लीटमा ५२ वटा एसी क्लासका सिटहरु छन् । यि क्लासका सिटहरु सबै यात्रुहरुले चाहँदा ३६० डिग्रीमा घुमाउन सकिने खाले छ भनें हरेक यात्रुको सिटमा व्यक्तिगत अडियो कन्ट्रोलर छ । बिजनेश क्लासमा पनि अहिले चलिरहेका भारतीय रेलहरुको फस्र्ट क्लासका जस्ता सिट र सुविधा छन् । ईकोनोमी क्लासका सिटहरु पनि निकै आर्कषक र सुविधायूक्त छन् । यी रेलहरु विश्वस्तरिय छन् र भारतले आफ्नो औधौगिक उत्पादन प्रविधि र क्षमतालाई प्रमाणित गरेको बिभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

लाइभमाण्डु 

 


Loading comments...