menuka poudel new song

मेनुका पौडेलको “मनले आफै छल गर्दैन ” बोलको गीत सार्बजनिक (भिडियो सहित)


सारेगमपामा एक पछि अर्को धमाकेदार प्रस्तुती मार्फत दर्शक श्रोता र जजहरु तथा ज्युरी मेम्वरहरुको मन मष्तिष्कमा अमिट छाप बनाएकी ने गायिका मेनुका पौडेलले एऊटा बिल्कुलै फरक धारको गीत सार्वजनिक गरेकी छिन ।

चर्चित संगितकार हरि लम्सालको संगित रहेको ऊक्त गीतको शव्द प्रभात किरणको रहेको छ । एकाऊस्टिक स्टुडियोमा रेकर्ड भएको ऊक्त गीतमा सँगीत संयोजन भने देवेन्द्र नेवाले गरेका हुन ।

आन्नी छो‍ईङको फुलको आँखामा टाईको गीत रहेछ नी भन्ने जिज्ञाशालाई गायीकाले सिधै अस्विकार गरिन र भनिन “यो मनले आफै छल गर्दैन” टाईपकै गीत हो यसलाई अरु सँग नदाजी दिन पनि आग्रह गरिन । यु ट्युवमा लिरिकल भिडयो सार्वजनिक भएको ऊक्त गीतको धेरैले मन पराऊने आशा गरिएको छ । सारेगमपाको भोटिङ राऊन्डको मुखैमा सार्वजनिक भएको यो गीतले धेरै शुभचिन्तकहरुलाई मनले नीर्णय लिन झक्झकाऊने ऊनको आशा छ । गीत संगीत तथा अन्य बिभिन्न स्पर्धाहरुमा दर्शक स्रोताले अन्तर मनले सोधेर मात्र भोट गर्न पनि आग्रह गरिन । जातियता, क्षेत्रियता तथा अन्य कुनै कारणले प्रभावित भएर कला तथा कलाकारितालाई हेर्ने दृष्टीकोण बदलिनु भनेको गीत संगीत तथा कलाकारिताकै लागि ठुलो प्रहार हो यो वाट वच्न आवश्यक भएको ऊनले वताईन । स्मरण रहोस, नेपाल आईडल सिजन १ मा राम्रो प्रस्तुती तथा नीर्णायकहरुको वाहवाही पाऊदा पाउदै पनि भोट कम आएकै कारण मेनुका शिर्ष ११ औं स्थानवाटै वाहिरिनु परेको थियो ।

हाम्रालाई मात्र राम्रो भन्ने लालची आँखा र लोभि मनहरुलाई नीयन्त्रणमा राख्दै सही नीर्णय लिन अन्तर मनले हेर्नु, सुन्नु र वोल्नु पर्छ भनेर गीतले सन्देश बोकेको छ ।


Loading comments...