Lifestyle Portal
  •   ७ आश्विन २०७८, बिहीबार
rocky dhasu

व्यावसायिक संगीतकार रकि धासु, आफै कभर गर्दै

१२ मंसिर २०७५, बुधबार १४:५०

प्रदर्शनको क्रममा रहेको, बहुप्रतिक्षित नेपाली चलचित्र प्रसादमा रहेको “लै लै लै लै कठैबरी लै …. ” बोलको गीत, अहिले निक्कैनै लोकप्रिय अनि चर्चित गीतहरुको सुचीमा पहिलो स्थानमा पर्दछ ।

हालै सोही गीत रकि धासुले आफ्नो आवाजमा कभर गर्दै रिदम म्युजिक नामको युट्युब च्यानलबाट अपलोड गरेका छन ।

सुवास भुषालको संगीत, गणेश शाहिको शब्द अनि गायक किटन क्षेत्रीको आवाजमा रहेको यो गीतलाई, कभर गायक रकि धासुले आफ्नो गायकीद्वारा गीतमा अझ मार्मिकता ल्याउने थप प्रयास गरेको देखिन्छ । रकि धासुको यो आवाज अनि मेहेनत, कभर गर्ने नयाँ पुस्तालाई एउटा राम्रो शिक्षा हुनसक्छ ।

भिडियोमा खासै मेहेनत गरेको नदेखिएता पनि, गायन अनि गायकी शैलीलाई धेरैले मनपराएका छन भन्नेकुरा, भिडियोमा गरिएको कमेन्टको आधारमा अडकल्न सकिन्छ । अपेक्षा गरौं, आगामी दिनहरुमा पनि यस्तै राम्रा गीतहरुको कभर भर्सनहरु सुन्न पाईयोस ।

चलचित्र प्रदर्शन हुनु अगावै गीत यसरी कभर हुनु भनेको, नेपाली चलचित्रप्रति युवा पिंढिको लोकप्रियता अनि चासो दिनानुदिन बढ्दैछ भन्नेकुरा सहजै प्रमाणित हुन्छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

डा. प्रदीप ढकालद्वारा लिखित उपन्यास ‘एन्टोनिया’(आध्यात्मिक प्रेमकथा) चाडैं नै प्रकाशित हुने भएको छ । प्रेमलाई आध्यात्मिक दृष्टिबाट प्रस्तुत गरिएको उक्त

नेपालीका लागि भारत र चीन अति महत्त्वपूर्ण छिमेकी राष्ट्र हुन् । यति हुँदाहुँदै पनि भारत हाम्रो साँस्कृतिक परम्परा र सभ्यतामा

कन्फेसन पाठकको चेत र पठन स्तरबारे नेपाली बौद्धिक जमातमा बारम्बार चर्चा, परिचर्चा भइरहने गर्छ । नेपाली पाठकको स्तर उठेको छैन

यात्रा मन पराउनेहरू यात्रामा जान्छन् । त्यसरी घुमन्ते हुन मन पराउने यदि लेखक परे भने आफू रमेका, आफू दुखेका, आफू