देशको अवस्था र हाम्रो मनोदशा दर्शाउने हरेक नेपालीले सुन्नै पर्ने गीत सार्वजनिक


बिदेशी हस्तक्षेपलाई नसहने र अतिथी देवोभवः लाई आत्मसाथ गर्ने हरेक हामी नेपालीको एउटै आवाज – यो ज्यान मेरो नेपाल………. बोलको राष्ट्र प्रेमले ओतप्रोत गीत सार्बजनिक भएको छ । मिसन इन्टरटेन्मेण्ट प्रा. लि. को प्रतुती रहेको यस गीतमा गीतकार तथा गजलकार महानन्द ढकालको उत्कृष्ट शब्द, स्वर र संगीत बि.पि. वाग्लेको, भिजुअल ग्राफिक्स निराजन सिंह ठकुरीको रहेको छ भने परिकल्पना तथा निर्देशन नारायण तिमल्सिना ‘गोर्खाली ’ को रहेको छ ।

देश भक्ति गीत संगीतले सम्पुर्ण देशबासी बिच एकता र राष्ट्रियताको भावना उजागर गरिरहेको हुन्छ भने यस गीत र भिडियोले अहिलेको नेपालको वास्ताविक अवस्थालाई भिजुअल ग्राफिक्सको माध्यमले सम्झन र बुझाउन सरल बनाई दिएको छ । साथै अन्य देश भक्ति गीती भिडियो भन्दा अलि फरक स्वाद दिन निर्माण संस्थाले हर सम्भव कोशिस गरेको देखिन्छ ।

भिडियो यहाँ हेर्नुहोस्ः


Loading comments...