अप्ठेरोका सारथी ‘तुलसी’ जसले विदेशको कमाई जन्मभूमिलाई अर्पण गरे


रोजिता बुद्धाचार्य । ‘हेलो सर, मेरो घर बर्दिया गुलरिया यहाँ लकडाउनको समयमा म भारतबाट आएकोले वडाले सञ्चालन गरेको क्वारेन्टाइनमा बसेको छु…यहाँ वाइफाइ भएपनि घरमा फोन गर्न मोबाईलमा पैसा छैन । सरहरुले रिचार्ज अफर ल्याउनु भएको रहेछ, रिचार्ज गरिदिनुहुनेछ भन्ने आशा लिएको छु ।’

प्रस्तुतीः रोजिता बुद्धाचार्य

वि विल राइज फाउण्डेशनले गत चैत्र २० गतेदेखि लकडाउनको समयावधिभर मोबाइल रिचार्ज गर्न समस्यामा परेकाहरुलाई रु ५० देखिरु १०० रिजार्च उपलब्ध गराउने घोषणा गरेलगत्तै फाउण्डेशनका संस्थापक निर्देशक द्वय निर्मल श्रेष्ठ र खड्ग राजको मोबाइलमा अचेलदिनहुँ यस्ता सयौं सन्देशहरुको तछाँडमछाँड हुन्छ । हालसम्म करिब १७०० व्यक्तिलाई रिजार्च उपलब्ध गराउँदा मैले एउटै कुरा बुझें, ‘आखिरमा देश, घर र आमा भनेको आमा नै हुने रहेछ । दिनभर अथवा जिन्दगीभर अन्यत्र मन भुलेपनि दुःख पर्दा सबैभन्दा पहिले त्यहीआफ्नो देश र घरपरिवार सम्झेर मन भक्कानिने रहेछ, शितल छहारी दिने त्यही कोमल काख नै रहेछ । त्यसैले, हामी पहिलो मोबाइलकल पनि घरमा नै गर्छौं ।’ श्रेष्ठ भन्दै हुनुहुन्थ्यो, ठ्याक्कै फाउण्डेशनका संस्थापक तुलसीकुमार गुरुङले थप्नुभयो, ‘त्यसैले त हामी भन्छौं जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ ।

पूर्व ब्रिटिस गोर्खा सैनिक रहनुभएका वहाँ सन् १९८२ र १९८३ मा आयोजित हङकङ ओपन ब्ल्याकबेल्ट कम्पिटिसशनको स्वर्ण पदक विजेता समेत हुनुहुन्छ भने सन् १९९३ मा अमेरिकामा आयोजित वल्र्ड तेक्वान्दोच्याम्पियनशिप र सन् १९९५ मा थाइल्यान्डमा आयोजित इस्ट एसियन गेम्सका आधिकारिक रेफ्री पनि हुनुहुन्छ । उनी हङकङ राष्ट्रियतेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक रहिसकेका छन् । अन्तर्राष्ट्रिय जगतमा तेक्वान्दो (मार्सल आर्टस्) विधातर्फ यस किसिमको गरिमामय पद र उच्चतम सफलता हासिल गर्ने सम्भवतः उनी पहिलो एक मात्र नेपाली हुन् ।

विश्वभरका २१० ओटा मुलुकमा फैलिसकेको कोभिड १९ बाट हुनसक्ने सम्भावित स्वास्थ्यक्षति न्यूनिकरण गर्न नेपालले गत चैत्र ११गतेदेखि नै मुलुकभर लागू हुने गरी लकडाउन जारी गरेको थियो । यतिबेला आफ्नो घरपरिवार र प्रियजनलाई यस महामारीबाट जोगाउने एउटै उपाय भनेको आफू सजग, स्वस्थ, सुरक्षित र सकारात्मक रहने हो तर बढिरहेको लकडाउन समयावधिसँगै बढिरहेको भोको पेटले त्यसो नभन्ने रहेछ । ‘यस्तै समयमा त हो नि हामी एकजुट र अलिकति बढि अनुशासित हुनुपर्ने । हामी सबैले कम्तिमा आ–आफ्नो आमा–बुवा, घरपरिवार तथा गाउँठाउँको बारे सोच्ने हो र सकेको–बुझेको जिम्मेवारी बहन गर्ने हो भने यस बाध्यात्मक परिस्थितीबाट हामीअवश्य माथि उठ्न सक्छौं ।’ यसो भनिरहँदा, हङकङमा तेक्वान्दोतर्फ राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक रहनुभएका वहाँ गुरुङले भर्खरैमात्र आफ्नी आमा काली गुरुङको हस्तकमलबाट गाउँलेहरुको सहयोगार्थ नगद रु. १० लाख गाउँका जानिफकार पूर्वप्रध्यानाध्यापक कृष्ण बहादुर गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।

तुलसी कुमार गुरुङकी आमा काली गुरुङले गाउँलेहरुको सहयोगार्थ नगद रु १० लाख गाउँका जानिफकार पूर्वप्रध्यानाध्यापक कृष्ण बहादुर गुरुङलाई हस्तान्तरण गर्नुहुँदै । तस्वीरः सुदर्शन रञ्जित (पोखरा)

‘म मादी गाउँपालिका, गण्डकी प्रदेश अन्तर्गतको वार्चोक गाउँमा जन्मेको हुँ । गाउँको सानो पोखरीमा पौडी खेल्दाखेल्दै वि.सं. २०३८ मा काठमाडौंमा आयोजित पहिलो राष्ट्रिय खेलकुद प्रतियोगितामा पौडीमै दुई स्वर्ण र एक रजत पदक जित्न सफल भएँ । गाउँकै हावापानी, साथीभाईको हौसला र परिवारको मायाले वि.सं. २०४० मा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगितामा मार्सल आटर्सतर्फस्वर्ण पदक सहित उत्कृष्ट फाइटरको उपाधि हासिल गरें ।’ पूर्वब्रिटिस गोर्खा सैनिक रहनुभएका वहाँ सन् १९८२ र १९८३ मा आयोजितहङकङ ओपन ब्ल्याकबेल्ट कम्पिटिसशनको स्वर्ण पदक विजेता समेत हुनुहुन्छ भने सन् १९९३ मा अमेरिकामा आयोजित वर्ल्ड तेक्वान्दो च्याम्पियनशिप र सन् १९९५ मा थाइल्यान्डमा आयोजित इस्ट एसियन गेम्सका आधिकारिक रेफ्री पनि हुनुहुन्छ । उनी हङकङ राष्ट्रियतेक्वान्दो टोलीका प्रमुख प्रशिक्षक रहिसकेका छन् । अन्तर्राष्ट्रिय जगतमा तेक्वान्दो (मार्सल आर्टस्) विधातर्फ यस किसिमको गरिमामय पद र उच्चतम सफलता हासिल गर्ने सम्भवतः उनी पहिलो एक मात्र नेपाली हुन् ।

तालिमकेन्द्रमा प्रशिक्षार्थीलाई मार्शल आर्टको कलाबारे जानकारी दिंदै तुलसी कुमार गुरुङ जसले आफ्नो गाउँका सबै घरधूरीलाई राहत रकम दिने आँट गरे

अहिलेको अवस्थामा गुनासो वा नकारात्मक प्रतिक्रियाभन्दापनि जो जहाँ छ, जसले जे जत्ति सक्छ, जसरी सक्छ, त्यसरी त्यही गर्ने हो । स–साना प्रयासहरुको हातेमालोले नै ‘बहूजन हिताय, बहूजन सुखाय’को श्रृङ्खला बन्ने हो ।’

‘आज म खेलकुद जगतमा जुन स्थानमा छु, मेरो कर्मको रेखा कोर्ने त्यही मेरो जन्मभूमि नै हो ।’ सायद त्यही मायाले दोहोर्‍याएर होला, तेक्वान्दोका ८ डान (ग्रान्डमास्टर) वहाँले वार्चोक गाउँ सहित मादी गाउँपालिका अन्तर्गतको तोगी, वार्चोक, पुरानो-भाचोक र भाचोकका १९५ घरधुरीलाई प्रतिघर रु. ५००० का दरले वितरण गर्ने गरी उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको साथै, पोखरा र काठमाडौंस्थित आफ्नो घरमा एक महिनाको घरभाडा मिनाहा गर्नुभएको ।

मादी गाउँपालिकाको वार्चोक स्थित तुलसी कुमार गुरुङको जन्मघर

अनि सायद त्यही मायाले दोहोर्‍याएर नै हो, वि.सं. २०७२ साल वैशाख १२ गते बारपाकको भूकम्पले थलिएको नेपाली र नेपाललाई सकेको सहयोग गर्न र सकारात्मक तरङ्ग–ऊर्जा सञ्चार गर्न जुझारु युवाहरु मिलेर ‘हामी उठ्ने छौं (वि विल राइज)’ अभियानको थालनी गर्नुभएको जसले स्थापनाकालदेखि निरन्तर नेपालमा शिक्षा, खेलकुद तथा पर्यटनसम्बन्धी विभिन्न कार्यहरु गर्दै आएको छ । पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म ओझेलमा परेका तर पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना भएका स्थान, पर्व, कला संस्कृति, जातियपहिचान, प्राकृतिक–धार्मिक–भूगर्भिक–सांस्कृतिक सम्पदाहरुको पहिचान र प्रर्वद्धन गर्ने उद्देश्ले आरम्भ भएको ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता यसकै एक ज्वलन्त उदाहरण हो ।

‘मानव इतिहासमा नै पहिलोपटक चन्द्रमामा पहिलो पाइला टेक्ने बित्तिकै अन्तरिक्षयात्री निल आर्मस्ट्रङ्गले ‘एक व्यक्तिका लागि एउटासानो पाइला, मानवजगतका लागि एक ठूलो फड्को’ भन्नुभएको थियो । अहिलेको अवस्थामा गुनासो वा नकारात्मक प्रतिक्रियाभन्दापनि जो जहाँ छ, जसले जे जत्ति सक्छ, जसरी सक्छ, त्यसरी त्यही गर्ने हो । स–साना प्रयासहरुको हातेमालोले नै ‘बहूजन हिताय, बहूजन सुखाय’को श्रृङ्खला बन्ने हो ।’ श्रेष्ठ सामाजिक सञ्जालमार्फत् गुरुङसित भलाकुसारी गर्दै हुनुहुन्थ्यो ।

मेरो मनमा भने ‘धन हुनेलाई मन देऊ, मन हुनेलाई सारथी बनाऊ’ कर्णप्रिय गायक कर्णदासको स्वर गुञ्जिरह्यो ।


Loading comments...