अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित तीनजना पक्राउ


सुनसरी, २०७७ असार ३० । धरान उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ ३ सय मिलिग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका-८ बस्ने ३७ वर्षीय सुमेन मोक्तान, २४ वर्षीय सविन रानामगर र सोही उपमहानगरपालिका-१८ शिवमार्ग बस्ने २६ वर्षीय प्रवल राई रहेका छन् ।

उक्त स्थानमा शंकास्पद अवस्थामा हिँडडुल गरीरहेका प्रवलको साथबाट १ सय ५० मिलिग्राम खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ प्रहरीले फेला पारी पक्राउ गरी सोधपुछको गर्ने क्रममा सविनको माध्यमबाट खरिद गरेको भनी खुलेको थियो । सविनलाई समेत पक्राउ गरी थप अनुसन्धान गर्ने क्रममा सविनले सोही ठाउँ बस्ने सुमेन मोक्तानसँग खरिद गरेको भनी खुले पश्चात सुमेनको घर समेत तलासी गर्दा लुकाई राखेको अवस्थामा थप १ सय ५० मिलिग्राम उक्त धुलो पदार्थ फेला पारी प्रहरीले बरामद गरेको हो ।

जिल्ला अदालत सुनससरीबाट म्याद थप गरी यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...