चिनियाँ हस्तक्षेप विरुद्ध लुम्बिनीमा प्रदर्शन


काठमाडौं । स्वतन्त्र युवा समुहले नेपालमा बढ्दो चिनियाँ हस्तक्षेप विरूद्द प्रदर्शन गरेकाे छ ।

कपिलवस्तुकाे लुम्बिनीमा भएकाे प्रदर्शनकाे क्रममा चिनियाँ राष्ट्रपति र नेपालका लागि चिनियाँ राजदूतविरूद्द चर्काे नाराबाजी लगाइएकाे छ । उनीहरूले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द गर लागयतका नारा लगाएका थिए ।

उनीहरूले राष्ट्रिय मनाव अधिकार आयाेगले सरकारलाइ बुझाएकाे प्रतिवेदनमा चीनले नेपाली भूमि मिचेकाे प्रष्ट उल्लेख भएकाेले त्यसविरूद्द प्रदर्शन गरेकाे बताए । साेही क्रममा उनीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ को पुतला दहनसमेत गरेका छन् ।

पछिल्लाे समय नेपालमा चिनियाँ हस्तक्षेप बढेकाे महशुस हुन थालेकाे छ । चिनियाँ राजदूत होउ यान्छीको सक्रिय राजनीतिक भेटघाटले चिनियाँ प्रभाव परेकाे सजिलै बुझ्न सकिने परराष्ट्र मामलाका जानकार तथा विश्लेषकहरुकाे भनाइ छ ।


Loading comments...