
अवैध लागू औषधसहित दुई बंगलादेशी पक्राउ
१२ श्रावण २०७७, सोमबार २२:४२
काठमाडौं, १२ साउन । काठमाडौं महानगरपालिका-१६ वहती पोखरीस्थित सडकबाट नियन्त्रित लागू औषध ३ सय एम्पुल डाइजेल्याब, ३ सय एम्पुल बुप्रनोर्फिन, ३ सय एम्पुल फेनारागन र २० हजार रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बंगलादेश, ढाका ठेगाना भएका २६ वर्षीय ओवइदुल्लाह सोजल (Obaidullah Sojal) र २६ वर्षीय महम्मद बाबुल स्लाम (Mahammad Babul Slam) रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित सडकमा प्रदेश नम्बर ३-०२००१ प ५२२९ नम्बरको मोटरसाइकलमा बसिरहेको अबस्थामा उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३ महाराजगंजस्थित सडक किनारबाट अवैध लागूऔषध ०.५ ग्राम खैरो हेरोइन र नगद २० हजार रुपैयाँ सहित २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-१ कमलपोखरी ठेगाना भएका २४ वर्षीय किसन कार्की र सोही महानगरपालिका-२ ठेगाना भएका २५ वर्षीय कर्मा लामा रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबै जनालाई लागूऔषध मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।