
अटोमेटिक पेस्तोल सहित पक्राउ
२६ श्रावण २०७७, सोमबार २३:३९
धनुषा, २०७७ साउन २६ । जनकपुर उपमहानगरपालिका-१० बाह्रबिघाबाट एक थान ४.५ लेखिएको अटोमेटिक पेस्तोल र सोही पेस्तोलको १ थान म्याग्जिनसहित मुखियापट्टी मुसरहनिया गाउँपालिका-३ बस्ने २१ वर्षीय सुजित यादवलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले ज.१ ह ३१९२ नम्बरको ट्याम्पोमा सवार यादवलाई जाँच गर्दा उनको साथमा रहेको कालो रंगको झोलामा चिनी भित्र लुकाईछिपाई राखेको उक्त पेस्तोल सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ
पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।
भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि