Lifestyle Portal
  •   २४ श्रावण २०७९, मंगलवार

विवाहको वहाना गरी जबरजस्ती करणी तथा ठगी गर्ने पक्राउ

२६ श्रावण २०७७, सोमबार २३:४३

काठमाडौं, २०७७ साउन २६ । विवाह गर्छु भनि ललाई फकाई जबरजस्ती करणी गरी विभिन्न धनमाल समेत ठगी गरी फरार रहेका चन्द्रागिरि नगरपालिका-६ बस्ने धादिङ सिद्धलेख गाउँपालिका-७ घर भएका ३० वर्षीय राजन बिश्वकर्मा भन्ने राजन सेन्चुरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोटबाट खटिएको प्रहरीले काठमाडौं चन्द्रागिरी नगरपालिका-६ थानकोट चेकपोष्टबाट उनलाई पक्राउ गरेको हो ।

घटनाको अनुसन्धान गर्ने क्रममा राजनले महिलालाई केही महिना अगाडि फोन गरी आफ्नो नाम राजन श्रेष्ठ बताइ भेटघाट गर्न बोलाएको र भेटघाटमा आफु अविवाहित पुरुष भएको बताएका थिए । भेटघाटमा राजनले विवाह गर्न राखेको प्रस्ताव स्विकार गरी उनीहरुले प्रेम विवाह गरेर साउन १६ गते देखि २१ गतेसम्म थानकोट चेकपोष्टस्थित डेराकोठामा बसेको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको हो । साथै साउन २२ गते राजनलाई कोठामा नदेखि खोजी गर्दा दराजमा राखेको नगद २ लाख रुपैयाँ, १ तोला बराबरको सुनको सिक्री, १ तोला बराबरको सुनको रिङ र १ थान मोवाइल राखेको स्थानमा नभएको तथा निज राजन सम्पर्क विहिन भएका थिए ।

राजन उपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी तथा ठगी कसूरमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत थानकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको