लुटपाटमा संलग्न रहेको अभियोगमा पक्राउ


रौतहट, २०७७ साउन २६ । फतुवा बिजयपुर नगरपालिका-१ गम्हरिया बस्ने २३ वर्षीय नबिन कुमार यादबको साथबाट नगद ५० हजार रुपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा मौलापुर नगरपालिका-३ बस्ने २५ वर्षीय राकेश राय यादबलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नबिन कुमारले फतुवा बिजयपुर नगरपालिका-५ सन्तपुरस्थित आइएमईबाट उक्त नगद निकाली घरतर्फ जाने क्रममा गम्हरियास्थित नहरको नजिकमा बिआर ०५ क्यू ०३७७ नम्बरको मोटरसाइकल चालक राकेश राय यादब र मोटरसाइकलमा सवार १८ वर्षीय किशोरले नबिनको साथबाट उक्त नगद लुटी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल खटिएको प्रहरीले लुटपाटमा संलग्न राकेशलाई मोटरसाइकल सहित पक्राउ गरेको हो । साथै नगद सहित फरार रहेका किशोरको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Loading comments...