Lifestyle Portal
  •   १४ माघ २०७९, शनिबार

हत्या गरी फरार रहेका अपराधी १३ वर्षपछि पक्राउ

२७ श्रावण २०७७, मंगलवार २०:०९

लोकप्रिय

सुनसरी, २०७७ साउन, २७ । कर्तव्य ज्यान मुद्दाका फरार २ जना प्रतिवादीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी वक्लौरी-६ घर भएका ३२ वर्षीय तुलसी चौधरी र ३२ वर्षीय टाईसन भन्ने मिङमा दोर्जे शेर्पा रहेका छन् ।

२०६४ वैशाख २९ गते सुनसरी चाँदवेलास्थित मधेसा टोलमा साथीको विवाहमा जन्ती गएको अवस्थामा मिङमा र तुलसीले सामान्य झैंझगडा हुँदा छुरा प्रहार गर्दा गम्भीर घाइते भएका सुनसरी एकम्वा बस्ने सुरेन कुमार ठाकुरको बिपीकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।

जिल्ला अदालत सुनसरीको २०७१ साउन २९ गतेको फैसलाले उक्त घटनामा तुलसीलाई २१ वर्ष ६ महिना र मिङमालाई २० वर्ष कैद फैसला गरेको थियो । उनीहरु दुबै जना कैद भुक्तान नगरी फरार रहेका थिए ।

लुकिछिपी बसेको अवस्थामा मिङमालाई रामधुनी नगरपालिका-६ बाट र तुलसीलाई धनुषा डल्केवरदेखि पिछा गरी सुनसरी इनरुवा नगरपालिका-४ बस बिसौनीबाट प्रहरीले प्रक्राउ गरेको हो ।

उनीहरुलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत सुनसरीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार झुम्का पठाइएकोजिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत