ट्याक्सी चालकलाई मरणासन्न बनाएर फरार रहेका अपराधी पक्राउ


काठमाडौं, २८ साउन, २०७७ । ट्याक्सी चालकलाई ढुङ्गा तथा इँटा प्रहार गरी मरणासन्न बनाएर फरार रहेका काठमाडौं चन्द्रागिरि नगरपालिका-६ बाला गाउँ बस्ने २७ वर्षीय अनिल उदासलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उदासलाई चन्द्रागिरि नगरपालिका-८ मातातीर्थ चोकबाट पक्राउ गरेको हो ।

निज अनिल उदास र काठमाडौं महानगरपालिका-१२ टेकु बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-३ घर भएका २८ वर्षीय अमृत कुमार बैद्यले २०७६ चैत्र २ गते राति चन्द्रागिरि नगरपालिका-१५ विष्णुदेवी घर भएका बा.२ ज ५३१६ नम्बरको ट्याक्सीका चालक विष्णु बहादुर श्रेष्ठलाई ढुंगा तथा इँटा प्रहार गरी सख्त घाइते बनाएका थिए ।

घटनामा संलग्न अमृत कुमार बैद्यलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो भने अनिल उदास उक्त घटना पश्चात फरार रहेका थिए । उदासलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीद्वारा जारी जानकारीमा उल्लेख छ ।


Loading comments...