UNOPS द्वारा नेपाल प्रहरीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौं, २९ साउन, २०७७ । United Nations Office for Project Services ( UNOPS ) ले नेपाल प्रहरीलाई करिब ७० लाख रुपैयाँ मूल्य बराबरका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उक्त सामग्री UNOPS को कार्यालय विशालनगरमा बिहीबार आयोजित एक कार्यक्रमबीच UNOPS नेपालका कन्ट्री डाइरेक्टर Charles Callanan ले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा ५ सय थान मेडिकल पीपीई सेट, ५ सय थान फेस सिल्ड, ५ सय थान क्याप, ५ सय थान सु-कभर, ५ सय थान सर्जिकल ग्लोभ्स, ५० हजार थान सर्जिकल मास्क, ५० हजार थान नन-सर्जिकल रबर ग्लोभ्स, १६ लिटरको ५ सय थान डिसइनफेक्टेन्ट स्प्रे, १ हजार २ सय लिटर डिसइनफेक्टेन्ट लिक्विड र ५ सय थान थर्मोमिटर गन रहेका छन् ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक कडायतले UNOPS ले गरेको सहयोग र समन्वयप्रति आभार प्रकट गर्दै आगामी दिनमा नेपाल प्रहरी र UNOPS बिचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

कन्ट्री डाइरेक्टर Charles ले नेपाल प्रहरीसँगको सम्बन्धलाई थप मजबुत बनाउँदै सहकार्य र समन्वयलाई निरन्तरता दिने बताउनुभयो । नेपाल प्रहरीलाई आवश्यक साथ र सहयोग प्रदान गर्नका लागि आफू सदैव तत्पर रहेको उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा प्रहरी अधिकृत तथा UNOPS का पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


Loading comments...