तेल र ग्याँस सम्बन्धमा नेपाल-भारत संयूक्त कार्यसमितीको बैठक सम्पन्न


काठमाण्डौ, ०६ भाद्र, २०७७ । तेल र ग्याँस सम्बन्धमा गत १३ अगष्ट बसेको भिडियो कन्फ्रेन्सको सहयोगमा भएको बैठकलाई निरन्तरता दिंदै यसै सन्दर्भमा आज पनि नेपाल-भारत संयूक्त कार्यसमितीको बैठक बसेको छ । भारत सरकारका पेट्रोलियम तथा ग्याँस मन्त्रालयका सचिव बि एन रेड्डी र नेपालका तर्फबाट नेपाल सरकार उधोग वाणिज्य मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठले यस बैठकको संयूक्त सभापतित्व ग्रहण गर्नुभएको हो । काठमाडौमा अवस्थित भारतीय दुतावासका प्रतिनिधिहरु, भारतीय निजि क्षेत्रका प्रतिनिधिहरु र आइओएसी, गेल, एचपीसीएल जस्ता तेल र ग्याँस कम्पनीहरु लगायत नेपालको अर्थ तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि र एनओसी नेपाल आयल कर्पोरेशनको पनि यस बैठकमा सहभागीता थियो ।

यस बैठकले मोतिहारी अमलेखगञ्ज पेट्रोलियम प्रोडक्टस पाइपलाइन निर्माण विषयमा सन्तोषजनक उपलव्धी रहेको साझा निष्कर्ष निकालेको हो, यस परियोजना दुबै देशका प्रधानमन्त्रीहरुले साझा तवरमा सन् २०१९ को सेप्टेम्बर महिनामा उद्घाटन गर्नुभएको थियो । दक्षिण एसियामा नै यस प्रकारको पाइपलाइन परियोजना यो प्रथम भएको र यसले निर्माणपश्चात नेपाललाई चाहिने अधिकतम तेलको पूर्ति नेपाल आयल कर्पोरेशनको अमलेखगंज शाखा डिपोबाटै पाइपमार्फत गर्ने उदेश्य बोकेको छ । यस बैठकमा दुबै पक्षले नेपालभारत दुबै देशका तर्फबाट भावी दिनहरुमा पेट्रोसलयम र इन्धनका क्षेत्रहरुमा गर्न सक्ने अन्य संभावित परियोजनाहरुको पनि छलफल भएको थियो, यसका अलावा नेपालमा पेटा्रेलियम पूर्तिका लागि अन्य ठाँउमा पनि पाइपलाइन बिस्तार सम्बन्धमा दुबै देशको अर्थपूर्ण सहभागिताका साथ छलफल गरिएको हो ।

यसरी संयूक्त कार्यसमितीको संयन्त्र सन् २०१७ मा आइओसीएल र एनओसीको दिर्घकालिन समन्वयका लागि अनि दुबै देशको तेल र ग्याँस क्षेत्रको सहकार्यका निमित्त गठन गरिएको हो । यस साझा कार्यसमितीको पहिलो बैठक यसै वर्ष जनवरी महिनामा नयाँ दिल्लीमा भएको हो ।

पेट्रोलियम क्षेत्रमा थप निकट अनि समन्यव कायम गरेर दुबै देशवासीको हितका लागि कार्य गर्न दुबै पक्षले आआफ्ना देशका पेट्रोलियन बितरक कम्पनीहरुलाई उत्प्रेरित गर्ने सहमती पनि भएको छ ।


Loading comments...