बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


झापा, ०८ भदौ, २०७७ । बैंकिङ कसुर मुद्दामा सजाय तोकिएका फरार व्यक्ति नरप्रसाद पनेरुलाई आइतबार झापा प्रहरीले पक्राउ गरेको छ ।

बुद्धकुमार श्रेष्ठले दिएको बैंकिङ कसुर सम्बन्धी जाहेरीमा उच्च अदालत पाटनले २०७६ माघ २१ गते गरेको फैसला अनुसार उक्त मुद्दामा ४ दिन कैद र ३ लाख ३९ हजार ७ सय रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । नरप्रसाद उच्च अदालतको उक्त सजाय सम्बन्धि निर्णयदेखि नै प्रहरीको फरार सूचीमा रहेका थिए ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई झापाको बाह्रदर्शी गाउँपालिका-३ स्थित आफ्नै घरबाट पक्राउ गरेको हो । पनेरुलाई कैद भुक्तानको लागि झापा कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Loading comments...