
आज विवाह पञ्चमी धुमधामसंग मनाइँदै
२६ मंसिर २०७५, बुधबार ०७:००

हिन्दु धर्मालम्बीहरुको विशेष महत्वको दिन आज मंशिर शुक्ल पंचमी हो, जस्लाइ विवाह पंचमी पनि भनिन्छ । त्रेता युगमा भगवान राम र जनक पुत्री सीताको विवाह भएको सम्झनामा यस दिन देश तथा विदेशमा भएका राम सीताको मन्दिरमा विशेष धुमधामसंग उत्सवको रुपमा मनाउने गरिन्छ ।
धनुषा जिल्लाको मिथिला क्षेत्रमा रहेको जानकी मन्दिरमा आजको दिन विशेष पुजाआजा गरी धुमधाम संग मनाइन्छ । आज मिथिला क्षेत्रमा विशेष मेला पनि लागेको छ । मिथिला क्षेत्रमा भगवान राम सीताको विवाहमा जस्तै यस दिन पनि भारतको अयोध्या देखि बरियात आउने र धुमधामसंग विवाह उत्सव मनाइ फर्कने चलन रहि आएको छ । यो उत्सव एक हप्ता सम्म मनाउने गरिन्छ । विवाह पंचमी महोत्सवको पहिलो दिन जनकपुर नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुषयज्ञ, चौथो दिन तिलकोत्सव, पांचौ दिन मटकोर, छठौ दिन शुभविवाह र सातौ दिन राम कलेवाको आयोजना गर्ने गरिन्छ ।
त्यहि दिनको सम्झना गर्दै प्रत्यक बर्ष यसै विवाह पञ्चमीको दिन भारतको अयोध्यावाट मिथिलासम्म दुरुस्तै जन्ती बनेर आउने र विशेष धुमधामसंग सीतालाइ विवाह गरी लैजाने चलन चली आएको छ । यस बर्ष विवाह पञ्चमीको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ ‘जन्ती’ बनेर जनकपुर आउन इच्छुक थिए तर, मोदीको भ्रमण अनिश्चित भएपछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र केन्द्र सरकारका उद्योग वाणिज्य तथा नागरिक उड्डयनमन्त्री सुरेश प्रभु जन्ती स्वरुप जनकपुर आउने भएका छन् र, पुराण कथाको स्मृतिलाई ताजा गराउँदै उनीहरूले जनकपुरबाट ‘जनकपुत्री’ सीता लगेर भारतस्थित रामको घर अयोध्यामा भित्र्याउनेछन् ।
त्रेता युगको बर्णन गरिएको बृहद पौराणिक कथा रामायणको अनुसार महाराजा जनकले सीताको विवाह गर्नका लागि स्वयंवरको आयोजना गरेका थिए । सीताको स्वयंवरका लागि भनि विभिन्न स्थानबाट मानिसहरु आएका थिए । जस्ले शिवको धनु उठाउन सक्नेछ उसैसंग सीताको विवाह गरिने राजा जनकले बताएका थिए । आएका मध्ये सबैजना राजा महाराजाले भगवान शिवका धनुष उठाउन सकेंनन, तब ऋषि विश्वामित्रले प्रभु श्रीरामलाइ आज्ञा दिनुभयो । हे राम ! धनुष उचाली त्यहाँ भएको शिवजीको धनुष उठाइ जनकको इच्छा पुरा गरिदेउ ।
गुरु विश्वामित्रको वचन सुनेपछि भगवान श्रीराम उठी धनुषलाइ प्रणाम गरी अघि बढ्नुभयो। यो देखेर सीताको मनमा खुसी भएको थियो । सीतालाइ हेर्दै भगवान शिवको महा धनुष उचाल्नुभयो र त्यसमा ताँदो चढाइ १२ कोष टाढा फाल्नुभयो । सोह्रश्रृंगारले सजिएकी जनकपुत्री सीता भगवान श्रीरामको नजिक आइ सवैको माझमा भगवान रामलाइ जयमाला पहिराइन । त्यसबेला देवताहरु जय-जयकार गर्दै फूल बर्साउन लागे। पुरै शहर भरि बाजा गाजाको साथमा धुमधाम मनाइयो ।
यसै महाउत्सको सम्झनामा प्रत्येक बर्ष मंशिर शुक्ल पंचमीको दिन राम मन्दिरमा विशेष उत्सव मनाउने गरिन्छ । त्यसैले यस दिनलाइ निकै पवित्र मानिन्छ । आजको यस दिनमा देशका विभिन्न राम सीता मन्दिरमा विशेष पुजा आजा गरी विवाह उत्सव मनाउने गरिन्छ । भगवान राम सीताको जोडीलाइ आदर्श जोडीको रुपमा लिइन्छ । मेलाको लागि आवस्यक तयारी २५ गते नै पुरा भइसकेको कुरा आयोजक समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
काठमाडौं । भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ९रअ० का प्रमुख सामन्तकुमार गोयलले संक्षिप्तरूपमा अचानक नेपाल भ्रमण गरी प्रधानमन्त्री
Ukraine Air Alliance flight 4050, an Antonov An-12, crashed on appproach to Lviv-Danylo Halytskyi International Airport, Ukraine. The aircraft departed
पौष शुक्ल पुर्णिमा देखि बाचन गरिएको श्रीस्वस्थानी बर्तकथाको आज समापनको दिन रहेको छ । आज भन्दा ठिक एक महिना अघि
सोनाम ल्होसार योल्मो र तामाङ्ग जातिका मानिसले मनाउने गर्दछन । यसको अर्काे नाम हो स्वनम ल्होसार । स्वनमको अर्थ हुन्छ पुण्य ।