Lifestyle Portal
  •   १ भाद्र २०७९, बुधबार

३० जिल्लाका सरकारी तथा गैरनाफामूलक संस्थालाई भारत सरकारद्वारा ४१ एम्बुलेन्स तथा ६ वटा बस उपहार स्वरुप प्रदान

१६ आश्विन २०७७, शुक्रबार १६:२५

काठमाण्डौ । महात्मा गान्धीको १५१ औं जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतका राजदूत महामहिम विनय मोहन क्वात्राले दूतावास परिसरमा रहेको महात्मा गान्धीको प्रतिमामा पुष्प गुच्छा अर्पण गरी उहाँलाई भावपूर्ण श्रद्घाञ्जली अर्पण गर्नुभयो ।

सदाझैं एम्बुलेन्स र बसहरु उपहार स्वरुप प्रदान गर्ने परम्परालाई निरन्तरता दिदै भारतीय राजदूतावास, काठमाडौंले स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स र ६ वटा बस उपहार स्वरुप प्रदान गरेको छ । यी संघ संस्थाहरु नेपालका दूर्गम जिल्ला लगायतका विभिन्न ३० जिल्लामा छरिएर रहेका छन् । विभिन्न क्षेत्रमा आधारभूत स्वास्थ्य पहुँच विस्तार गर्न हेतु दूतावासले विगत लामो समयदेखि नेपालका सरकारी तथा गैरनाफामूलक संस्थाहरुलाई हरेक वर्ष एम्बुलेन्स तथा विद्यालयका लागि बस उपहार स्वरुप प्रदान गर्दै आएको छ ।

सन् १९९४ देखि आज सम्म भारतीय राजदूतावासले झण्डै ८२३ वटा एम्बुलेन्स उपलब्ध गराइसकेको छ । राजदूतावासले यो वर्ष पहिलो पटक तीन प्रकारका  (Advance Life Support, Basic Life Support / Common Life Support) एम्बुलेन्स प्रदान गरेको छ । यी तीनै प्रकारका एम्बुलेन्सहरु नेपाल सरकारको मापदण्ड अनुसार निर्माण गरिएका हुन् ।

Advance Life Support अन्तर्गतका एम्बुलेन्समा ट्राभलिङ्ग भन्टिलेटर, इसिजि तथा अक्सिजन मोनिटर, अटोमेटेड एक्सटर्नल डिफिब्रिलेटर, नेबुलाइजर सेट, रक्तचाप जाँच उपकरण, स्टेथोस्कोप, एम्बु ब्याग, ट्युब तथा काथेटर, व्हीलचेयर, स्ट्रेचर, रेडियो सञ्चार यन्त्र तथा फोर जी मोबाइल डिभाइस आदि हुनेछन् । Basic Life Support एम्बुलेन्समा भन्टिलेटर बाहेक यी सबै सुविधा हुनेछन् । Common Life Support अन्तर्गतका एम्बुलेन्समा भने फोर व्हील प्रणाली जडान भएकाले यी एम्बुलेन्सहरु पहाडी तथा हिमाली क्षेत्रका लागि उपयुक्त छन् ।

आज छ जिल्लाका शैक्षिक संस्थाहरुलाई वितरण गरिएका ६ बस गरी हालसम्म दूतावासले नेपालभर १६० वटा विद्यालय बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

नेपालले स्वास्थ्यको क्षेत्रमा विशेषगरी आकस्मिक चिकित्सा सेवाको क्षेत्रमा गरेको प्रयासमा भारत सरकारले जारि राखेको निरन्तर सहयोग अनुरुप आज उक्त एम्बुलेन्स तथा बसहरु प्रदान गरिएको हो । यसले विद्यार्थीहरुलाई आफ्नो सिकाई स्थलसम्मको पहुँचलाई सरल बनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।