Lifestyle Portal
  •   ३० बैशाख २०७८, बिहीबार

प्रहरी हुँ भन्दै पैसा असुल्ने कुल बहादुर पक्राउ

१६ आश्विन २०७७, शुक्रबार २२:५५

काठमाण्डौ । प्रहरी कर्मचारी हुँ भन्दै धाकधम्की दिई काठमाडौं महानगरपालिका-१ नक्सालस्थित कन्टेक प्रालिमा गिट्टी बालुवा झारेको पैसा असुल्न खोजेको अभियोगमा भक्तपुर नयाँठिमी बस्ने ओखलढुङ्गा लिखु गाउँपालिका-३ दामनाङटार घर भएका ३२ वर्षीय कुल बहादुर बस्नेतलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बस्नेत सहित ४ जनाले प्रहरी हुँ भन्दै उक्त प्रालिमा गिट्टी बालुवा झारेको पैसा माग्दै धाकधम्की दिई हुलहुज्जत समेत गरेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

काठमाडाैं । कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिबन्ध आउँदो जेठ १७ गते सम्म लम्बिएको छ ।

काठमाडौँ– नेपालमा थप १३९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४

काठमाडौं । कोरोना महामारीको कारण यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । अर्को सूचना नभएसम्मका

काठमाडौं । बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक सकिएको छ । बैठकमा वीर अस्पतालको नयाँ भवनभरि कोरोना भाइरस संक्रमणबाट बिरामी भएका