क्म्यूनिष्टहरुलाई अमेरिका प्रवेशमा रोक


अमेरिका । ‘यूएस सिटिजन इमिग्रेशन सर्भिसेज’ले अक्टोबर २ सन् २०२० मा अमेरिका प्रवेशार्थ हुने मापदण्डहरु अन्तर्गत होमल्याण्ड सुरक्षाका प्रावधान अन्तर्गत कुनै पनि कम्यूनिष्ट पार्टी या अन्य कुनै टोटालिटेरियन पार्टीका सदस्यहरुलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

काँग्रेसले पारित गरेको सुरक्षा र सुरक्षा चुनौतिहरुलाई सम्वोधन गर्ने नियम अन्तर्गत यो प्रावधान जारी गरिएको हो, विश्वभरिबाट अमेरिका प्रवेश गर्न चाहने हरेक व्यक्तिहरु यदि कुनै कम्यूनिष्ट पार्टी या टोटालिटेरियन पार्टीको सदस्य या कुनै भातृ संगठन या एकाईको सम्म सदस्य भएका अमेरिका प्रवेशमा रोक लगाइने कुरा उक्त प्रावधानले स्पष्ट बताएको छ । राष्ट्रपतिय चुनाव नजिकिँदै गर्दा ल्याइएको यि नियमहरुले अमेरिकी शासन संरचनाले स्पष्ट सन्देश दिएको छ ।

विश्वव्यापी कम्यूनिष्ट संरचनासँगको अमेरिकाकी प्रशासनद्वारा घोषित यस सन्देशले अब विश्व राजनीतिमा तरङ भने पक्कै ल्याएको छ । विश्वभरिका कम्यूनिष्ट या टोटालिटेरियन पार्टीका सदस्यलाई वास्तवमै रोक लगाइनु नै पर्ने हो या यो चुनावी तयारी मात्र हो, यसको जवाफ भावी दिनहरुले बताउनेछ ।

टोटालिटेरियन (Totalitarian) को अर्थ एकात्मक सत्ता र शाषनपद्धति रहेको भन्ने बुझिन्छ, यस हिसाबमा उत्तर कोरिया, ईरान लगायतका केहि देशहरुलाई र विशेषत त्यहाँका नेतृत्वलाई अमेरिकाले प्रवेश निषेध गर्ने स्पष्ट छ । चीन र अमेरिका बिचको प्रतिस्पर्धा र सम्बन्धमा यस नीतिले के प्रभाव पार्ने हो, त्यो हेर्न बाँकी नै छ ।


चीन-अमेरिका सम्बन्धी अन्य समाचारहरु

१) अमेरिकाले चीनको चेंगदूस्थित रहेको वाणिज्य दूतावास बन्द गर्दै गर्‍यो खाली
२) हङ्‌कङ विवाद उत्कर्षमाः अमेरीकी विदेशमन्त्री माइक पोम्पेओद्वारा चिनियाँ अधिकारीहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्धको घोषणा
३) अमेरिकाले चीनको चेंगदूस्थित रहेको वाणिज्य दूतावास बन्द गर्दै गर्‍यो खाली
४)  ट्रम्पले अन्तत कार्यकारी निर्देशमा गरे हस्ताक्षर, टिक-टक, वि-च्याट जस्ता एपलाई पर्नसक्छ अप्ठेरो


Loading comments...