Lifestyle Portal
  •   २ आश्विन २०७८, शनिबार

‘डलर देखाई रकम लुट्ने लुटेरा’हरुको गिरोह पक्राउ

२५ आश्विन २०७७, आईतवार २१:५२

काठमाण्डौ । विगत केही समय देखी भक्तपुर जिल्ला लगायत आसपासका ठाँउहरुमा विभिन्न अमेरिकी डलर देखाई १ करोड १५ लाख १० हजार बराबरको नगद (हाल सम्म खुल्न आएको) ठगी गर्ने अभियुक्तहरुलाई महानगरीय प्रहरी परिसर, भक्तपुर, महानगरीय प्रहरी वृत्त ठिमी, जगाती र अपराध महाशाखा भक्तपुरबाट खटिएको प्रहरी टोलीले घटनामा संलग्न गिरोहका १२ जना प्रतिवादीहरुलाई पक्राउ गरी ठगी मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको । साथै, घटनामा संलग्न अन्य प्रतिवादीहरुको खोजतलास कार्य भई रहेको ।

डलर देखाई रकम लुट्ने घटनाहरुमा संलग्नहरु मध्ये हाल सम्म १२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम क्रमश:-

१. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल का.जि.गोकर्णेश्वर
न.पा. १ बस्ने वर्ष ३६ को खेल बहादुर तामाङ ।
२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल का.जि. गोकर्णेश्वर
न.पा. १ बस्ने वर्ष ३३ को रेल बहादुर तामाङ ।
३. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला
मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ५६ को धनजित तामाङ
४. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला
मध्यपुरठिमी न.पा. वडा नं.९ बस्ने वर्ष २५ को रामकृष्ण तामाङ ।
५. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ६ घर भई हाल भक्तपुर जिल्ला
मध्यपुरठिमी न.पा. वडा नं. ९ बस्ने वर्ष ३२ की कान्छी तामाङ ।
६. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल भक्तपुर
चारदोबाटोमा कोठा गरी बस्ने वर्ष २३ को विमल भण्डारी ।
७. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ भई हाल भक्तपुर चारदोबाटोमा
कोठा गरी बस्ने २१ को निर्मल भण्डारी ।
८. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. २ घर भई हाल जोरपाटी,
काठमाण्डौ बस्ने बर्ष ३३ को राज कुमार तामाङ ।
९. जिल्ला सिन्धुपाल्चोक बाह्रविसे न.पा. ४ घर भई हाल लोकन्थली, भक्तपुर
बस्ने बर्ष ३१ को धन बहादुर भण्डारी ।
१०. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. २ घर भई हाल भक्तपुर सुडाल
बस्ने बर्ष २८ को कमल भण्डारी ।
११. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ४ घर भई हाल भक्तपुर
कालोपाटी बस्ने बर्ष २७ को राकेश भण्डारी ।
१२. जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे न.पा. ३ घर भई हाल काठमाण्डौ
बालाजु बस्ने बर्ष ३९ को सन्च बहादुर योञ्जन ।

डलर देखाई रकम लुट्ने लुटेराहरुबाट बरामद भएका सामानहरुहरुको सूची:-

१. नेपाली रुपैंया – ५,९४,४७५।–
२. बिभिन्न कम्पनीका मोबाईल – १२ थान
३. मो.सा. – ५ थान (बा २७ प २७९९, लु. ६४ प ३४०१, बा. ४० प. ९६०१, प्र. ३-०२-०१० प. ९४३८, प्र. ३-०२-०१४ प. ०३४०)
५. डलर भनि झुक्काउन तयार गरिएको कागजको बिटो – ५ बण्डल
६. अमेरिकन डलर – ४६०

यदि कसैले डलरको प्रलोभन देखाई रकम साट्न खोजेमा वा यस गिरोहबाट कोही महानुभावहरु ठगीमा पर्नु भएको छ भने महानगरीय प्रहरी परिसर, भक्तपुरको सम्पर्क नं. ९८५१११४८२१ मा सम्पर्क गर्नुहोला ।


सम्बन्धित समाचार

सस्तोमा डलर साटीदिन्छु भन्दै नगद ५ लाख रुपैयाँ लुटपाट गर्ने पक्राउ

 

 

प्रतिक्रिया दिनुहोस !
Loading comments...
सम्बन्धित खबरहरु

हेमन्त केसी, जाजरकोट । उत्पादनका हिसावले कमजोर रहेको डोल्पाका ग्रामीण वस्तीहरूमा यतिखेर खाद्यान्न अभाव हुन थालेको छ । खाद्य व्यवस्था

दिलकुमार लिम्बू/न्युजकारखाना, ताप्लेजुङ । विश्वमै दुर्लभ वन्यजन्तुको सूचीमा रहेको रेडपान्डा (हाब्रे) संरक्षण गर्न ताप्लेजुङमा कुकुरको बन्ध्याकरण गरिँदै आएको छ ।

तनहुँ, न्युजकारखाना । तनहुँको बुल्दी खोलामा ट्रक खस्दा चालकको मृत्यु भएको छ । जिल्लाको व्यास नगरपालिका–१ मुसेखोलास्थित पृथ्वी राजमार्गबाट १०

काठमाण्डौ । मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने आँकलन गरेको छ । भारतको उत्तर