
नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलद्वारा पदभार ग्रहण
२६ आश्विन २०७७, सोमबार १९:१२
नेपाल वायुुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले आज आफ्नो पदभार ग्रहण गर्नुभयो । उहाँलाई नेपाल सरकारले ४ वर्षको लागि निगमको महाप्रवन्धकमा नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञका रुपमा परिचित उहाँ यस अघि निगम संचालक समितिको सदस्य हुनुहुन्थ्यो । आज आयोजित पदभार ग्रहण कार्यक्रममा संचालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रवन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रशन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रवन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो ।
नवनियुक्त महाप्रवन्धक डिम प्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निगमलाई गतिशिल बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी संचालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढंगले सिर्जनात्मक काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नायव महाप्रवन्धक गणेश बहादुर चन्दले निगमबारे पूर्ण जानकारी राख्नु हुने व्यक्ति निगमको महाप्रवन्धक भएर आउनु भएकोले निगमले गतिलिने विश्वास व्यक्त गर्नुभयो ।
आधिकारिक ट्रेड युनियनका अध्यक्ष सुभाष डाँगीले निगमसँग पर्याप्त सम्भावना भए पनि हालको समस्याबाट पार पाउन निकै महत्वपुर्ण प्रयास आवश्यक रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
भारतकी राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु र राष्ट्रपति रामचन्द्र पौडेल बीच टेलिफोन संवाद भएको छ। हाल केरला भ्रमणमा रहनुभएकी भारतीय राष्ट्रपति
वीरगञ्ज र यस वरपरका क्षेत्रको आर्थिक विकासको लागि केही लेख्न मन लागेको छ। यस लेखमार्फत मैले लेख्न खोजेको वा भन्न
काठमाडौँ । चालु आर्थिक बर्षका लागि काठमाडौँ महानगरपालिकाले लिएको क्षेत्रगत नीति कार्यान्वयन समीक्षा गर्न प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले विभागीय
काठमाडौं– सडकपेटी नै कब्जा गरेर सञ्चालन गरिएका वर्कसपलाई काठमाडौं महानगरपालिकाले कारबाही गरेको छ। बुधबार महानगरले बिजुली बजारको आर्क ब्रिजबाट देब्रेतर्फ