pokhara arrest

आफ्नै काकाको हत्या गरी फरार रहेका १ जना पक्राउ


पोखरा । जिल्ला प्रहरी कार्यालय कस्कीको प्रहरी टोलीले यही वैशाख २१ गते आफ्नै काका नाता पर्ने ५५ वर्षिय टंक बहादुर तामाङको हत्या गरी फरार रहेका १ जनालाई अन्तत्व यही कार्तिक ०२ गते जिल्ला लमजुङ मध्यनेपाल नगरपालिका वडा नं। २ सोतिपसल स्थित लुकिछिपि बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका वडा नं. ५ बान्द्रे स्थायी वतन भई लमजुङको सोतीपसल बस्ने ४६ वर्षिय ईन्द्र बहादुर तामाङ रहेका छन् ।

पक्राउ परेका उनले जिल्ला ओखलढुंगा सुनकोशी गाउँपालिका-०५ स्थायी वतन भई पोखरा महानगरपालिका वडा नं. २० स्थित मजुवा बिसौना बिजयपुर कोट पर्यटकिय पैदल मार्ग निर्माणमा ज्याला मजदूरीको काम गर्दै आएका टंक बहादुर तामाङलाई संगै रक्सी र मासु खाई सामान्य विषयमा विवाद हुँदा हत्या गरी फरार रहेका थिए ।

पक्राउ परेका निज उपर थप अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडी बढाईएको छ ।


Loading comments...