Lifestyle Portal
  •   १ भाद्र २०७९, बुधबार

‘प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउँदै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनमा जोड दिनुपर्ने’ 

२६ कार्तिक २०७७, बुधबार २१:४६

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउँदै सरकारले आन्तरिक रोजगारी प्रवद्र्धनमा जोड दिनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

हाम्रो सम्मान परियोजनासँगको सहकार्यमा बुधबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको ‘नेपालमा वैदेशिक रोजगारीका अवसर’ विषयक भर्चुअल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले देशभित्र आन्तरिक रोजगारी प्रवद्र्धनका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई दीर्घकालीन बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा बोल्दै कानुन विद् निलाम्बर बडालले प्रधानमन्त्री रोजगार कार्यक्रमसँग सन्तुष्ट हुन सक्ने अबस्था नरहेको स्पष्ट पारे । ‘हामीले स्थानीय निकायहरुलाई रोजगारीको अबस्थाको बारेमा लगत संकलन गर्ने जिम्बेवारी दिएका थियौँ । त्यो लगत उहाँहरुले कत्तिको संकलन गर्नुभयो एकचोटी फलोअप गर्नुपथ्र्यो,’ कार्यक्रममा बोल्दै विज्ञ बडालले भने, ‘त्यो लगतअनुसारले हामीले के पनि भनेका थियौँ भन्दा खेरी त्यहाँ विदेशबाट काम गरेर फर्किएर आउनु भएकोहरुले ल्याउनु भएको सीप, पुँजी र ज्ञानको कुराहरु के कस्ता छन् भनेर तथ्यांक राख्ने भन्ने थियो ।’

प्रधानमन्त्री रोजगार कार्यक्रम तत्काल जहाँजहाँ आबश्यक छ आबश्यकताअनुसार त्यहाँ व्यवस्थित तरिकाले सञ्चालन गर्न सके दीर्घकालीन हुने समेत उनले जोड दिए ।

त्यस्तै देशमा रहेका तथा विदेशबाट फर्किएका भनेर भेदभाव नगरी आबश्यकताअनुसार प्रधानमन्त्री रोजगथार कार्यक्रममा आबद्ध गराउनु पर्ने विज्ञ बडालले उल्लेख गरे ।
नेपामा कार्यरत करिब ५ लाख भारतीय श्रमिकहरु भारत फर्किएको बताउँदै भारतीय श्रमिकहरु कार्यरत क्षेत्रमा नेपाली श्रमिकहरुलाई प्रतिस्थापन गर्न सक्ने अबसर रहेको उनको भनाई थियो ।

कार्यक्रममा बोल्दै आमकाश नेपालकी प्रमुख विजया राई (श्रेष्ठ) ले कोरोना महामारीका कारण ठूलो संख्यामा वैदेशिक रोजगारीमा रहेका महिला श्रमिकहरु रोजगारी गुमाएर स्वदेश फर्किएको बताइन् ।

तर यसरी फर्किएका महिला श्रमिकहरु सरकारले देशभित्रै युवाहरु आकर्षित गर्ने गरी सुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमसम्म पुग्न सक्ने अबस्था नरहेको उनको भनाई थियो ।

‘प्रधानमन्त्ती रोजगार कार्यक्रममा यस्ता विदेशबाट फर्किएका महिलाहरुको पहुँच हुन सकेको छैन । ऋण लिएर देशभित्रै स्वरोजगार हुन्छु भन्दा ऋण पनि पैसा हुनेहरुका लागि मात्रै छ,’ उनले भनिन् ।

द्येशमा काम गर्दा आधारभूत आबश्यकता पुरा गर्न पुग्ने कमाई नहुजने तथा कामको सम्मान नहुने प्रवृतिका कारण कतिपय युवाहरु वैदेशिक रोजगारीमै फर्कने अबस्था रहेको उनले उल्लेख गरिन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एंव प्रधानमन्त्री रोजगार कार्यक्रमका निर्देशक सुमन घिमिरेले कार्यक्रममा बोल्दै प्रधानमन्त्री रोजगार कार्यक्रम राज्यले कुन उदेश्यका साथ सञ्चालन गर्यो भन्ने विषय बुझ्न आबश्यक रहेको बताए ।

‘हजारौँ बेरोजगार मध्ये विपन्न बेरोजगारलाई मात्रै रोजगारी ग्यारेन्टी गर्ने गरी प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइयो । म यो निवेदन गर्न चाहान्छु सामाजिक संरक्षणका उदेश्यले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको हो । सरकारका ठूलादेखि साना सम्म भए भरका प्रोजेक्टका कार्यक्रम खारेज गरेर आजबाट प्रधानमन्त्री रोजार कार्यक्रम लागू भयो है भनेर सुरु गरेको होइन जस्तो लाग्छ,’ उनले भने ।

आन्तरिक रोजगारीको कुरालाई रोजगारमुलक सेवासुविधाहरु सबै नागरिकहरुलाई प्रवाह गर्नुपर्यो भन्ने उदेश्यका साथ रोजगार सेवाको अवधारणा ल्याइ रोजगार सेवाकेन्द्र ७५३ वटै स्थानीय तहमा विस्तार गरिएको उनको भनाई थियो । सोही रोजगार सेवा केन्द्रमार्फत न्युनतम रोजगारीसम्म पनि नपाएर मर्नु न बाँच्नुको अबस्थासम्म पुगेकाहरुलाई न्यूनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइएको उनले जिकीर गरे ।

‘३ वर्षमा यो आन्तरिक रोजगारीको पाटो रोजगारमूलक सेवासुविधालाई एकिकृत सेवाप्रवाह गर्ने माध्यम द्वारा रोजगार सेवा केन्द्र द्वारा सेवा प्रवाहलाई प्रभावकारी बनाउने भन्ने कुरा जनमानसमा हामीले बुझाउन सकेनौँ । त्यसको मार विशुद्ध सामाजिक संरक्षण गर्ने उदेश्यले ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रममा पर्न गयो,’ उनले थपे ।

उनले सरकारले आन्तरिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको बताउँदै भारतमा जाने नेपाली श्रमिकहरको तथ्यांक राख्ने कुरामा पनि जोड दिईरहेको उल्लेख गरे ।

‘आज ६ लाख ६७ हजार म बेरोजगार छु मलाई काम दिनुस् भन्नेहरुको तथ्यांक रोजगार सूचना व्यवस्थापन प्रणालीमा राखिएको छ । अब कोसँग के सीप छ । कसलाई कस्तो रोजगारीको आबश्यकता छ सोअनुसार रोजगारी उपलब्ध गराउन अन्तर मन्त्रालय तथा सम्बन्धीत सरोकारवालाहरुसँग समन्वय गरिरहेका छौँ,’ कार्यक्रममार्फत उनले भने, ‘वनमन्त्रालयसँग मिलेर २५ हजारलाई तालिम दिने गरी छलफल गरिहरेका छौँ ।’

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई उत्पादनशील बनाउन जोड दिइरहेको समेत उनले जिकीर गरे ।

त्यस्तै विदेशबाट फर्किएका श्रमिकहरुको सीप प्रमाणीकरण तथा सहुलियतपूण कर्जा प्रवाहमार्फत उनीहरुलाई स्वरोजगार बनाउन सरकारले जोड दिएको उनको भनाई थियो । त्यस्तै विदेशबाट फर्किएका १० हजार युवालाई पुर्नएकीकरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।