मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ


कास्की । बैदेशिक रोजगारीको लागि बिदेश पठाईदिने र बिदेश पठाउनको लागि आवश्यक रकम समेत आफैले उपलव्ध गराईदिने भन्दै २ जना महिलाहरूलाई बिभिन्न प्रलोभनमा पारी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा कास्की मादी गाउँपालिका-१ खेलुङ बस्ने २१ वर्षीय जीवन नेपाली, काभ्रे पाँचखाल नगरपालिका(४ तामाघाट बस्ने २६ वर्षीय आशिष भुजेल र कास्की पोखरा महानगरपालिका(४ बगालेटोल बस्ने ३० वर्षीया अन्जु गुरुङ रहेका छन् ।

उनीहरूले ती महिलाहरूलाई पोखरा महानगरपालिका-६ लेकसाईडस्थित कोठामा बन्धक बनाई जबरजस्ती बेश्याबृतिमा संलग्न गराउने उद्देश्यले शारीरिक तथा मानसिक यातना दिएको साथै रकमको मोलमलाई गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरुलाई मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूर अन्तर्गत ८ दिनको म्याद थप गरी अनुसन्धान भईहेको साथै पीडित महिलाहरुलाई मनोपरामर्श गरी संरक्षण केन्द्रमा राखी आफन्तको जिम्मा लगाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


Loading comments...