Lifestyle Portal
  •   २४ माघ २०७९, मंगलवार

बेलकोटगढी नगरपालिका विद्यालयहरू खुल्न थाले

५ मंसिर २०७७, शुक्रबार १६:५४

लोकप्रिय

नुवाकोट । बेलकोटगढी नगरपालिका-१ र २ का विभिन्न विद्यालयहरू खुल्न थालेका छन् । कोरोना महामारीका बाबजुद पनि बिद्यालयमा अनिवार्य माक्स,सेनेटाईजर र सामाजिक दुरी सहित पठनपाठन शुरूवात गरिएको हो।

विभिन्न बिद्यालयहरू कोरोना महामारीलाई मध्यनजर गर्दै स्थानीय तहमा कुनै पनि बाहिरी मानिसको आवतजावत नभएको र कोरोना सङ्क्रमित शून्य रहेका काारणले बिद्यालय हरू खुलाईएको प्रशासनको दावी छ।

बिद्यार्थीहरूलाई सुरक्षित रूपमा पठनपाठन गराउन र उनिहरूको भविष्यप्रति र शिक्षाको क्षेत्रलाई पनि कोविड-१९ ले पारेको असरलाई मध्यनजर गर्दै विद्यालयहरू सरकारले र स्थानीयतहले लागू गरेका नियमहरूको पालन गर्दै विद्यालयहरू सुचारू भएका छन्।

जोखिमको मूल्याङ्कन गरी विद्यालय खोल्न सकिने प्रावधान शिक्षा-विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेसँगै कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहहरूका विद्यालयहरू उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालनको हुन थालेका छन्।

त्यससँगै विद्यालयहरू खोल्ने बाटो खुलाएपछि नुवाकोटका पनि विभिन्न विद्यालयहरू खुल्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भक्तपुर, १७ पुस: अङ्ग्रेजी नयाँ वर्ष, २०२३ को पहिलो दिन । भक्तपुरका प्रमुख गन्तव्य मानिएका पर्यटकीयस्थल नगरकोटदेखि रानीकोटसम्मका होटल स्वदेशी

“आमा मलाई हुर्काउनु भो, पढाउनु भो, माया दिनुभयो । अब म हजुरको सधैँ सेवा गर्छु है” भन्दै नारायणी नमूना मावि

खजुरा, १५ पुस : निकै तामझामका साथ नेपालगञ्जको ऐतिहासिक पर्यटकीय ताल रानीतलाउलाई सञ्चालनमा ल्याइए पनि अहिले संरक्षणको अभावमा पुनः जीर्ण

महोत्तरी, १३ पुस महोत्तरीको बर्दिबास नगरपालिका स्थित तल्लो पाटुको विवादित जग्गालाई विद्यालयको संरक्षणमा ल्याइएको छ । पाटु स्थित जन जागृत