चागुँनारायण नगरपालिकामा “सडक नाटक कहर” आजबाट शुरू


भक्तपुर । चागुँनारायण नगरपालिकाको आर्थिक सहयोग र आयोजनमा कोरोना (COVID-19)रोग विरूद्ध जनचेतना अभिवृद्धिका लागि आरम्भ कलाकारहरुको समुह नामक नाट्य सस्थाको प्रस्तूती “सडक नाटक कहर”आज बाट सुरु भएको छ।

कोभिड-१९ अर्थात कोरोना महामारीको रोकथामका लागी नगरपालीकाले नगरबासिमा चेतना जगाउन सो नाटक मन्चको आयोजना गरेको हो ।

एक घण्टा लामो नाटकमा ब्यक्तिगत सरसफाई तथा कोरोना रोग र रोकथाम बारे समसामयिक रुपमा उठान गरेको छ ।
नाटकलाई आरम्भ कलाकारहरुको समुह का अध्यक्ष प्रभाकर न्यौपानेले गरेका छन् ।

नाटकमा चर्चित रंगकर्मी कलाकरहरु राजेंद्र गद्तौला,प्रल्हाद खरेल,राधा श्रेस्ठ,बिश्वदिप घिमिरे,राजन भुजेल,सरस्वति अधिकरी र मन्जु अधिकरी आदिको अभिनय रहेको छ भने संगीत संयोजन सुरेस चन्द्र न्यौपाने को रहेको छ।

नाटक मङ्सिर ५ देखी ९ गते सम्म क्रमस नगरपालिकाका सबै वडाहरुमा विभिन्न मन्चन गरिने छ ।

लाइभमान्डुमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई  [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटर, युट्युब पनि जोडिन सक्नुहुन्छ ।


Loading comments...