Lifestyle Portal
  •   ३१ श्रावण २०७९, मंगलवार

छ वर्षीया बालिकाको हत्या गरेको अभियोगमा पक्राउ

९ मंसिर २०७७, मंगलवार २१:२७

महोत्तरी । बर्दिबास नगरपालिका-१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका-५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएकोले भन्ने खबर ईलाका प्रहरी कार्यालय बर्दिबासमा प्राप्त हुनासाथ खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको छ ।

घटना पश्चात अरूणले गौशाला नगरपालिका-५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात निजको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पुर्‍याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका-१४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

भारतीय राजदूतावास, काठमाडौंले यही श्रावण ३० गते भारतको ७६ औं स्वतन्त्रता दिवस मनायो । यो कार्यक्रम भारत स्वतन्त्रताको ७५ वर्षको

काठमाडौं । हिमालयन टेलीभिजनका प्रधानसम्पादक पत्रकार राजेन्द्र बानियाँले देशका सञ्चारमाध्यमहरु युवाहरुको आवाज बन्नुपर्ने बताउनु भएको छ । अन्तराष्ट्रिय युवा दिवसको

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष सम्मननीय गणेश प्रसाद तिमल्सिनाले देशको राजनीतिमा युवाको हस्तक्षेपकारी भुमिका भएमात्र परिवर्तन सम्भव हुने बताउनुभएको छ

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।