तीन म्यानपावर कम्पनीको कारोबार रोक्का


काठमाडौँ । वैदेशिक रोजगार विभागले तीन म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ । ति कम्पनीहरुले गैरकानुनी रुपमा कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिएर भन्दै वैदेशिक रोजगार विभागले छापा मारेको थियो ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार पूर्वस्वीकृति नलिइ युवाहरुलाई कतार प्रहरीमा पठाउने भन्दै अन्तर्वार्ता लिएर ठगेपछि तीन म्यानपावर कम्पनीलाई कारबाही गरिएको हो ।
कारोवार रोक्का हुनेमा एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स र होप इन्टरनेशनल रहेका छन् । उनीहरुको सम्पूर्ण कारोवार बुधवारदेखि रोक्का गरिएको दाहालले जानकारी दिए ।

डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर सर्भिसले कतार पठाउने भन्दै अनाधिकृतरूपमा अन्तरर्वार्ता लिइरहेका बेला विभागको टोली पुगेको थियो । लगत्तै उनीहरूविरूद्ध कारबाही प्रकिया अघि बढाइएको थियो ।

टोली त्यहाँ पुगेको थियो। यस्तै गुह्यश्वरीस्थित डीडी ह्युमन रिसोर्सले करिब ४ सय युवाहरुको अन्तरवार्ता लिइरहेको बेला विभागले छापा मारेको थियो।


Loading comments...