Lifestyle Portal
  •   २५ श्रावण २०७९, बुधबार

खाजा घरमा काम लगाइ दिन्छु भनी मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पक्राउ

१४ मंसिर २०७७, आईतवार १४:५२

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा पोखरा महानगरपालिका-९ जाल्पारोडमा खाजा घर संचालन गरी बस्ने काभ्रे पाँचखाल नगरपालिका-३ घर भएका ३४ वर्षीय केशव भुजेललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

भुजेलले खाजा घरमा राम्रो काममा लगाइदिन्छु भनि प्रलोभनमा पारी महिलालाई शुरूमा राम्रै बोली व्यवहार गर्नुका साथै खाजा बितरणको काममा लगाएकोमा पछि खाजा घरमा आउने व्यक्तिहरूसँग पैसा लिई डर धाकधम्की देखाई जबरजस्ती शारीरिक सम्पर्क गर्न लगाउने तथा अन्यत्र होटलहरूमा समेत जबरजस्ती पठाई यौन शोषण गराएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

भुजेल उपर मानव बेचबिखन तथा ओसारपसार सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पर्वको बहानामा अराजकता फैलाएको भन्दै ‘विश्व हिन्दू परिषद् नेपाल’द्वारा जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराएको छ ।

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तु जिल्लाको महाराजगञ्ज नगरपालिका–९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि

असार १९, वीरगंज । विश्व हिन्दू परिषद् नेपाल, पर्सा निकट युवाहरुद्वारा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।

भारत सरकारको अनुदान सहयोग अन्तर्गत नेपालका विविध हितग्राही संस्थाहरुलाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार प्रदान गरिएको